यस्तो छ ‘२ रुपैयाँ’ 

२०७४ श्रावण १२ बिहीबार १७:०७:०० मा प्रकाशित

काठमाडौं,१२ साउन । असिम शाह निर्देशित फिल्म ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । ‘कुटुमा कुटु’ र ’टल्क्यो जवानी’ बोलको गीतबाट धेरै चर्चा कमाएको  फिल्म ‘२ रुपैयाँ’ को बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

नायक निश्चल बस्नेत र आशिफ शाह बिचको मित्रता र २ रुपैयाँले जीवनमा कस्तो कोड ल्याउछ भन्ने प्रसंग ट्रेलरमा  देखाइएको छ । एक्सन, कमेडी र रोमान्सले भरिएको फिल्ममा निश्चलले ’जुरेली’ र अशिफले ’दाह्री’ को भूमिकामा देखिएका छन् ।

फिल्ममा निश्चल र आशिफ सहित बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई ब्ल्याक हर्स प्रा.ली. र ए जि टु वान प्रोडक्शन प्रा.लि ले निर्माण गरेको हो ।

फिल्मको ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा छोटो समयमा करोड भन्दा बढी ’भ्यू’ पाइसकेको छ । गीत संगीतको कारणले पनि पिःल्म ‘२ रुपैयाँ’ लाई ’कुटुमा कुटु’ ले केही राहत दिनेछ । 
 

ताजा खबर