महेश भट्टको ‘सडक-२’ मा आलिया र संजय

२०७५ कार्तिक १४ बुधबार १२:४७:०० मा प्रकाशित

देहरादुन । बलिउड निर्देशक महेश भट्टले २० वर्षपछि पुनः फिल्म निर्देशन गर्ने भएका छन् । आफ्नो ७०औं जन्मदिनमा उनले ‘सडक २’ बनाउने घोषणा गरेका हुन् ।

उनले सन् १९९१ मा सुपरहिट फिल्म सडक बनाएका थिए । अहिले त्यसकै सिक्वेल ‘सडक २’ बनाउन लागेका हुन् ।

यसमा महेश भट्टलाई उनकी छोरी पूजाले सघाउने छिन् । यसको फिल्म उत्तराखण्डमा सुटिङ हुने जनाएको छ । यो २५ मार्च, २०२० मा रिलिज हुने छ ।

बुवा र दिदीले निर्देशन गर्ने फिल्ममा पहिलो पटक आलियाले काम गर्दैछिन् । यसमा आलियासँगै संजय दत्त र पूजा पनि देखिने छन् ।

संजय र पूजा सन् १९९१ पछि पहिलो पटक सँगै काम गर्न लागेका हुन् । यो २५ मार्च, २०२० मा रिलिज हुने छ ।

ताजा खबर