फेरी आउदै ‘एक हजारों में मेरी बहना है’

२०७५ कार्तिक १४ बुधबार १२:१५:०० मा प्रकाशित

नयाँ दिल्ली । लोकप्रिय टेलिभिजन कार्यक्रम ‘एक हजारों में मेरी बहना हैं’ फेरी आउने भएको छ ।

यो कार्यक्रम छिट्टै पुनः संचालन हुन लागेको अभिनेत्री निया शर्माले बताएकी छन् । उनले आफ्नो फोटोसहित ट्वीटरमा लेखेकी छन्, ‘यो कार्यक्रम पुनः आउन लागेको छ ।’

स्टार उत्सव च्यानलमा पुनः प्रसारण हुन लागेको हो । यो कार्यक्रममा निया शर्मासँगै क्रिस्टल डिसुजा, करण टैकर र कुशाल टन्डन मुख्य भूमिकामा छन् ।

यो कार्यक्रम सन् २०११ देखि २०१३ सम्म प्रसारण भएको थियो ।

यो कार्यक्रमको कहानी दुई बहिनी जीविका (क्रिस्टल डिसुजा) र मानवी (निया शर्मा)का जीवनीमा केन्द्रीत थियो । उनीहरुका दैनिक गतिविधिलाई जोडिएको थियो ।

 

ताजा खबर