सुनील ग्रोवर 'गुट्ठी' टिभी शोमा आउदै

२०७५ कार्तिक १३ मंगलबार १३:००:०० मा प्रकाशित

मुम्बई । कपिल शर्माको कमेडि शो ‘कमेडी नाईट्स विद कपिल’बाट चर्चित बनेका कमेडियन सुनील ग्रोवर फेरी टिभीमा देखिने भएका छन् ।

उनलाई ‘कमेडी नाईट्स विद कपिल’मा गुट्ठीको भूमिकाले चर्चित बनाएको थियो ।

कपिलसँग मनमुटाव भएपछि सुनिलले ‘कमेडी नाईट्स विद कपिल’ छोडेका थिए । त्यसयता उनी फिल्ममा काम गर्न थालेका छन् ।

भरखरै उनी ‘पटाखा’ फिल्ममा देखिएका थिए । अहिले सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘भारत’को सुटिङमा व्यस्त छन् ।

अब उनी स्टार प्सलमा देखिने भएका हुन् । स्टार प्सलमा कमेडी चलाउन लागेको नजाएको छ । अहिलेसम्म आख्यानमा आधारित धारावाहिक कार्यक्रम चलाउदै आएको स्टार प्लसले अब कमेडी कार्यक्रम पनि चलाउने भएको हो ।

उनले चलाउने कमेडी कार्यक्रमको नाम त सार्वजनिक गरिएको छैन तर, आउदो जनवरीदेखि नै शुरु हुने जनाएको छ । उनी नयाँ भूमिका देखिने जनाएको छ ।

कार्यक्रममा शाहरुख खान फिल्म ‘जिरो’ र रणवीर सिंह फिल्म ‘सिंबा’को यहि कार्यक्रमबाट प्रशोसन गर्ने जनाएको छ ।

 

ताजा खबर