कौशलटारकी वर्षा भइन् मिसेस नेपाल आइकन  

२०७४ श्रावण १२ बिहीबार १३:४६:०० मा प्रकाशित

काठमाडाैं, १२ साउन । गृहस्थ महिलाबीचको सौन्दर्य प्रतियोगितामा भक्तपुर कौशलटारकी वर्षा कार्की ‘मिसेस नेपाल आइकन २०१७’ जित्न सफल भएकी छन् ।

उनी त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विषयको संयुक्त अपाङ्ग अवास केन्द्रमा  ५ वर्षदेखि स्वयमसेवीको रुपमा कार्यरत छिन्।

एएनपी मिडिया हाउसले राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको निर्णायक प्रश्न ‘यदि तपाई एक हप्ताको लागि यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नु भयो भने देशलाई कसरी अगाडि बढाउनुहुन्छ ? भन्ने प्रश्नमा गहकिलो उत्तर दिँदै वर्षा चौथो संस्करणको मिसेस नेपाल आईकन बन्न सफल भएकी हुन् ।

वर्षा मिसेस नेपाल आइकन २०१७ का साथ बेष्ट स्पीच र बेष्ट परफरमेन्स उपाधिको विजेता पनि भइन्। विभिन्न ३० पेशाकर्मी र गृहिणीवीच भएको अन्तिम स्पर्धामा जयन्ती श्रेष्ठ उप्रेती फष्ट रनर्सअपका साथ बेष्ट सिङ्गर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेष्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फीडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटी भइन् ।

प्रतियोगितामा संगीता भट्टराई दाहाल मष्ट पपुलर र मष्ट फोटोजेनिक, सरीता लामा तामाङ भिवर्स च्वाइस र मिसेस क्याटवक, अप्सरा खड्का अधिकारी व्युटी अफ पर्पस, सुभद्रा मैनाली डंगोल सोसल्ली रेसपोन्सीबल, अन्जना लिम्बु राई मिसेस ट्यालेन्ट, सन्ध्या शाही फेसबुक च्वाईस र बेष्ट आर्टवर्क, आरोही विके दुलाल बेष्ट स्माइल, सोनु मल्ल खाण बेष्ट स्कीन र मष्ट व्युटीफुल, ममता महर्जन श्रेष्ठ बेष्ट डिसिप्लेन, रुपा बास्तोला मष्ट पंचुअल, शिल्पा बस्नेत वेष्ट फिजीक र  मष्ट चार्मीङ, सोनी श्रेष्ठ मष्ट फ्रेण्डली, अन्जता केसी कडायत मष्ट कन्जिनियालिटी, श्रृजना शाक्य फेसन आइकन, अस्मीता बयलकोटी बेष्ट फिटनेस, तारा वली मष्ट एक्टीभ, सुजना श्रेष्ठ मष्ट इन्टिलेक्चुअल, लक्ष्मी महर्जन नगरकोटी मेनेजमेन्ट च्वाइस, स्मीती सुब्बा आंगदाम्बे मष्ट पर्फेक्ट, रमा महर्जन मष्ट डिजरभिङ, सबिता पाखरीन सोसल ओलफेयर एम्बेसडर, दिव्या पौडेल मष्ट एक्टििभ, सनिसा राई गुरुङ मष्ट पोजेटिभ एटिट्युड, सुमिन केसी व्युटी युथ रेस्पोन्सिविलिटी र सरला केसी बेष्ट डान्सर भएका थिए । 

अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगितामा अभिनेता सुनिल थापा, अभिनेत्री सञ्चिता लुईटेल, हिसानका अध्यक्ष रमेश सिलवाल, बैंकर अनिता प्रधान, शिक्षासेवी पूर्ण लामा  र सरोज प्याकुरेल निर्णायक थिए ।

  
 

ताजा खबर