दिलिप कुमारको फोक्सोमा संक्रमण, नाकबाट खान खुवाइदै

२०७५ कार्तिक १२ सोमबार १२:११:०० मा प्रकाशित

मुम्बई । बलिउड भेट्रान अभिनेता दिलिप कुमारको फोक्सोमा संक्रमण देखिएको छ ।

उनी गत महिना लिलावती हस्पिटल भर्ना भएका थिए । जहाँ दुई साता उपचार गरिएको थियो ।

उनलाई डिस्चार्ज गरेपनि फोक्सोको संक्रमण रहेको चिकित्सकहरुले बताएका छन् । उनको उपचारको उपचारमा स्वास्थ्यकर्मीको टोली घरमै खटिएको छ ।

तैपनि, शुक्रबारदेखि पुनः उनको स्वास्थ्यमा समस्या देखिएको टाइम्स अफ इन्डियाले रिपोर्टमा उल्लेख गरिएको छ । उनको फोक्सोमा संक्रमण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

९५ वर्षीय अभिनेता दिलिप कुमारले मुखबाट खाना र पानी समेत लिन सकिराखेका छैन् । मुखबाट खाना र पानी लिदा बान्ता हुने गरेको जनाएको छ । त्यसैले नाकबाट पाइपहरु घुसाएर खुवाउने गरिएको छ ।

मुखलाई सुख्खा हुन नदिने ‘आइस’ टुक्रा मुखमा राखिदिन परिवारलाई चिकित्सकले सल्लाह दिएका छन् ।

ताजा खबर