नमन् काठमाण्डौ माई  

२०७५ कार्तिक ११ आइतबार १२:५८:०० मा प्रकाशित

हे भगवान ! मैले कसरी यहाँको वर्णन गर्न सक्छु र ? ममा त्यो साहस पनि छैन, म आज जुन पूण्य भूमिमा दैनिकी चलाई रहेको छु त्यो भूमिको बारेमा वर्णन गर्नका लागि ममा अध्ययनको कमी छ, त्यसैले अज्ञानीले यस पूण्य भूमिको वर्णन गर्ने सामाथ्र्य राख्दैन । यस धरतीमा पुनः ऋषिमूनीले जन्म लिनुपर्ने देख्छु कि भने भगवानले दूतलाई पठाएर सो कार्यको सम्भव हुनेछ जस्तो लाग्छ । आज नेपालको काठमाण्डौको पूण्य भूमिमा बगेकी बाग्मती नदी जुन भगवान शिवजीले विष्णु भगवानले हिरण्य कश्यपुको बध गरे पश्चात निर्माण गरिदिनु भएको हुँदा यस क्षेत्र वैष्णवक्षेत्रको रुपमा परिचित छ । शिव भगवान पनि यहि काठमाण्डौको श्लेसमान्तक बनको समीपमा रहेको पशुपतीनाथमा विराजमान हुनुहुन्छ । मृग रुप धारणी शिव पार्वतीको खोजिमा लागेका देवताले महादेवलाई खोज्ने क्रममा भगवानको सिङ् समात्दा भाँचिएको बारेमा हामी जानकार छौं, धन्य भगवान यहि काठमाण्डौमाईसँग रहनु भएकोमा ।

आज हामी जो काठमाण्डौ नाम गरेको स्थानमा आफ्नो वासस्थान बनाएर रमाएका छौं, तर कसैले यस पूण्य भूमिमा बस्न पाउनु भनेको भगवानको बरदान पाएकाहरुले मात्र बस्न पाउने भन्ने कुरा जानेको भएत गुणगान गाउँथे तर सबैलाई थाहा छ यस पूण्य भूमिमा बस्नका लागि आफू स्वयंनै धेरै बाठो टाठो भएकोले यो सम्भव भएको हो । तर उहाँरुलाई थाहा छैन, यस पुण्य भूमि कस्का कारणले दुर्गन्ध आउने, धुलो उड्ने, प्रदुषण बढी भएको, हो हल्ला बढी भएको, कसैले भनेको कसैले नमान्ने, नियम पनि नमान्ने अनि आफु अग्रसर भएर फोहर फाल्ने, थुक्ने, सिंगान फाल्ने स्थान जसरी प्रयोग गरिरहेका छौं ।

भगवान तपाईं त महान हुनुहुन्छ र यो सहनु भएको छ तर मलाई नै यति धेरै पीडा भएको छ । भगवान तपाईं पनि यहि पूण्य भूमिमा पुन पाल्नु भएमा यहाँको अवस्था झनै नजिकबाट नियाल्ने अवसर हुने थियो । यहाँलाई पनि संसारभरको जिम्मा लिने दायित्व भएको हुँदा म यसै भूमिमा आउनका लागि कर चाहिं गर्दिन । किनकी यहाँ नेपालमा कम्युनिष्ट नामका मानिसहरुले हालिमुहाली गरिरहेका छन् । उनीहरू पनि यहाँ मनमनै भगवानको नाममा र बाहिर चाहिं भगवाननै नभएको भन्दै हिंड्छन्, यो जातिले चाडपर्वमा भने तपार्इंलाई राम्रा लुगा लगाएर लम्पसार पार्ने वातावरण गर्ने अवस्था उत्पन्न गरेको मैले यहि दशैं चाडमा देख्न पाएको हो भगवान ।

भगवान, मलाई थाहा छ कि विष्णु भगवानले हिरण्य कश्यपुलाई मार्न पनि नेपालनै खोज्नु भयो । आरध्यादेव महादेवले मृगरुप धारण गरेर पशुपतीनाथ समीपमा रहेको श्लेशमान्तक बन नै पूण्यभूमि रोज्नु भयो, महादेव भगवान यहाँको दुई सन्तान गणेश र कुमारलाई घुमाउनका लागि पनि हाम्रो पूण्यभूमि नेपालको कैलाश पर्वतनै खोजिदिनु भएकोमा कोटी कोटी नमन छ प्रभु । भगवान आज संसारमा जीवित धर्म मध्ये हिन्दू, बौद्ध, ईस्लाम, क्रिष्चियन आदि ईत्यादि ।

भगवान हजुरले कहिले काहिं भारत भन्ने देशमा हिन्दू धर्मको कुनी केछ भन्ने वातावरण नबनाउनु हुँदा हुन्छ है । आज नेपाल नामकै देश हो जस्ले कुनै पनि के नामका धर्मसँग सरोकार राख्दैन तर कसैको धर्मलाई विनाकारण गाली गलौज गर्दैन । यहाँ राजनीति गर्ने नामको लफङ्गाहरुले विना अध्ययन केहि भन्न सक्लान तर राम्रो अध्ययन पश्चात कसैले पनि विनाआधार विरोध गर्ने छैनन् । यो त्यहि पूण्यभूमि हो जुन नेपाल नामबाट परिचित छ । धन्य काठमाण्डौ माई म आज हजुरको समीपमा रहेर गुणगान गर्ने अवसर मिल्यो र म आज मात्र नभै सदा यहाँको समीपमा रहेर गुणगान गाईरहने छु भगवान ! 

आजलाई यति नै प्रभू !!!


 

ताजा खबर