अन्तरिक्षमा देखिने छन् शाहरुख खान

२०७५ कार्तिक ११ आइतबार १२:०६:०० मा प्रकाशित

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री इन्द्रा गान्धीले पहिलो भारतीय अन्तरिक्ष यात्री राकेश शर्मालाई सोधेकी थिइन, ‘अन्तरिक्षबाट भारत कस्तो देखिन्छ ?’

त्यतिबेला शर्माको गान्धीलाई जवाफ थियो, ‘सारे जहाँ से अच्छा ।’

उनै पहिलो भारतीय यात्री शर्माको जीवनीमा आधारित फिल्म बन्ने भएको छ । त्यसको मूख्यभूमिकामा शाहरुख खान देखिने भएका छन् । यसको केही भाग अन्तरिक्षमै सुटिङ गर्ने तयारी रहेको समेत चर्चा छ ।

निर्माता रोनी स्क्रुवालाले यसको मुख्य भूमिकामा शाहरुख खान हुने बताएका छन् । यसको घोषणा हुन भने बाँकी नै छ ।

यो फिल्मको स्क्रिप्ट एक वर्ष अघि नै लेखिएको थियो । नयाँ वर्षदेखि सुटिङ शुरु हुने जनाएको छ । शाहरुख खानसँगै भूमि पेडनेकर यस फिल्ममा देखिने छन् ।

यसमा आमिर खान र प्रियंका चोपडाको चर्चा थियो । तर, प्रियंकाले अस्वीकार गरेपछि अर्को जोडी खोजिएको जनाएको छ ।

 

ताजा खबर