डा.मनमोहन सिंहको भूमिकामा अनुपम खेर

२०७५ कार्तिक ११ आइतबार ११:२४:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता अनुपम खेरको नयाँ फिल्म ‘द एक्सडेन्टलल प्राइमिनिस्टर’को सुटिङ सकिएको छ ।

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको भूमिका देखिएका अनुपमले फिल्मको सुटिङ सकिएको जानकारी दिदै भिडियो सेयर गरेका छन् ।

उनले सुटिङको अन्तिम दिनको भिडियो सेयर गर्दै भनेका छन, ‘यो मेरो सबैभन्दा मन पर्ने फिल्म हो । यसलाई सर्वोत्कृष्ट बनाउनका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद । डा.मनमोहन सिंह तपाईको यात्राका लागि धन्यवाद । धेरै कुरा सिक्न मिल्यो । एउटा कुरा पक्का छ, इतिहास तपाईसँग अन्यया गर्ने छैन् ।’

उनी डा.सिंहकै आवाजमा बोलेका छन् । यो फिल्मको निर्देशन विजय रत्नाकर गुट्टेले गरेका हुन । भारतीय कांग्रेस पार्टी पूर्वअध्यक्ष सोनिया गान्धीको भूमिकामा जर्मन अभिनेत्री सुजैन बर्नेट रहेकी छन् ।

यो फिल्म डा.मनमोहन सिंहका सल्लाहकार संजय बारुले लेखेको ‘द एक्सडेन्टल प्राइममिनिस्टर’मा आधारित छ । यो यहि डिसेम्बरमा रिलिज हुने छ । यसमा १४० भन्दा बढी कलाकार भारतीय नेताहरुको भूमिकामा छन् ।

यसमा अहाना कुम्राले प्रियंका गान्धी, अर्जुन माथुरले राहुल गान्धी, रामअवतार भारद्वाजले अटल विहारी र दिव्या सेट शाहले मनमोहन सिंहकी पत्नी गुरशरण कौरको भूमिका निभाएकी छन् ।

 

ताजा खबर