'हाउसफुल-४' फेरी विवादमा

२०७५ कार्तिक ९ शुक्रबार १३:२६:०० मा प्रकाशित

मुम्बई । तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि भारतमा शुरु भएको ‘मीटू’ अभियानले बलिउडलाई छोडेको छैन् । अझ त्यसमा पनि ‘हाउसफ-४’ फिल्मको टिम भने घेरिएको छ ।

एउटा विवाद साम्य हुँदा अर्को विवाद आउन थालेको छ । पछिल्लो पटक सुटिङको क्रममा महिला डान्सरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

बुधबार राती मुम्बईको चित्रकुट स्टुडियोमा 'हाउसफुल-४' को सुटिङ भएको थियो । त्यो सुटिङको क्रममा महिला डान्सरमाथि यौन दुर्व्यवहार भएको प्रहरीमा रिपार्ट दर्ता भएको छ । प्रहरीले अनुसन्धान शुरु गरेको नजाएको छ ।

महिला डान्सरका अनुसार, उनी बाथमरु जाने बेला एक व्यक्तिले रोकेर दुर्व्यवहार गरेका हुन् । पवन सेट्टी नाम गरेका व्यक्ति सहित ६ जनाले बाटोमा छेकेर अश्लिल शब्द प्रयोग गरेका हुन् । उनीहरुले संवेदनशिल अंगमा छुने कोसिस समेत गरेका थिए ।

भारतीय मिडियाका अनुसार, फिल्मको सुटिङमा अक्षय कुमार, बबि देवल र रितेश देशमुख उपस्थित रहेका थिए ।

यस अघि यौन दुर्व्यवहारको आरोप लागेपछि 'हाउसफुल-४' का दिर्नेशक साजिद खानले राजीनामा दिइसकेका छन् ।

ताजा खबर