मलाईका अरोरा र अर्जुन कपुर डेटिङमा

२०७५ कार्तिक ८ बिहीबार १६:०१:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री मलाईका अरोरा र अभिनेता अर्जुन कपुर प्रेम सम्बन्धमा रहेको खबरले चर्चा पाएको छ । पछिल्लो पटक विमानस्थलमा एकसाथ भेटिएपछि यो चर्चालाई थप बल मिलेको छ ।

मलाईका आफ्नो जन्मदिन मनाउन इटाली पुगेकी थिइन् । अर्जुन पनि मलाईको जन्मदिनका लागि इटाली पुगेका थिए ।  जन्मदिनको पार्टीमा देखिएका थिए । उनीसँगै अन्य कलाकार पनि देखिएका थिए ।

तर, इटालीबाट फर्किने क्रममा विमानस्थलमा एकसाथ देखिएका छन् । घर फर्किदा पनि एउटा कारमा रहेको तस्वीर बाहिर आएका छन् ।

पापराजीहरुले उनीहरुले बिभिन्न ठाउँमा डेटिङ गरेका तस्विर बाहिर ल्याएका हुन् । मिडियामा समाचार आइरहे पनि यससम्बन्धमा मलाईका र अर्जुनले केही बोलेका छैनन् ।

केही दिन अघि मलाईकाले अर्जुनसँगको सेल्फी इन्स्टाग्राम एकाउन्टमार्फत सार्वजनिक गरेकी थिइन् । त्यो तस्वीर भाइरल भएको थियो ।

त्यस्तै, कलर्स च्यानलको ‘इन्डिया गट ट्यालेन्ट’ कार्यक्रममा पनि अर्जुनले मलाईकाको हात समातेरै हिडेका थिए । दुवै एकसाथ नाचेका पनि थिए । त्यो भिडियो पनि भाइरल भएको थियो ।

४५ वर्षीया मलाईकाले गत वर्ष अर्वाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनको १९ वर्ष अघि विहे भएको थियो । ३३ वर्षीय अर्जुन भने अविवाहित हुन् ।

ताजा खबर