३० वर्षपछि अमिताभ र शबाना एउटै फिल्ममा खेल्दै
२०७५ कार्तिक ८ बिहीबार १४:५२:००
मा प्रकाशित
नयाँ दिल्ली । अभिताभ बच्चन र शवाना आजमी ३० वर्षपछि एउटै फिल्ममा देखिने भएका छन् ।
निर्देशक अनुराग बासु नयाँ फिल्ममा अमिताभ र शवानालाई सँगै ल्याउन लागेका हुन् ।
३० वर्षपछि अमिताभ र शवाना एउटै फिल्ममा काम गर्न लागेका हुन् । यस अघि सन् १९८९ मा ‘मै आजाद हुँ’ फिल्ममा यो जोडीले काम गरेको थियो ।
अनुरागको यस फिल्ममा अमिताभ र शवानाका साथै सैफ अलि खान, आदित्य राय कपुर र तापसी पन्नु पनि देखिने छन् ।
एक अनलाईनलाई दिएको अन्तर्वार्तामा अभिनेता सैफ अलि खानले यो खुलासा गरेका हुन् । यो फिल्म चार अलग अलग जोडीमा आधारित रहेको जनाएको छ ।
चार जोडीमा अभिताभ शवाना, आदित्य तापसी र तेस्रो जोडी सैफको रहेको छ । चौथो जोडीको नाम सार्वजनिक गरिएको छैन् ।