नेपालमै बन्ने भो अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर

२०७४ बैशाख २ शनिबार ०७:५६:०० मा प्रकाशित

पोखरा, २ वैशाख । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको २५ हजार डलरमा २१ दिनभित्रै निर्माण कार्य सक्ने गरी काम सुरु गरिएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालका तर्पmबाटे सहभागिता जनाइने विश्वास गरिएको छ ।

पूर्वाधार निर्माणका लागि भारत, अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडालगायत ३५ देशका विदेशीले श्रमदान गरिरहेका छन् । रासस

ताजा खबर