आलियाकी आमा पनि 'मीटू'मा

२०७५ कार्तिक ७ बुधबार १४:३६:०० मा प्रकाशित

काठमाडौं । बलिउड सुपरस्टार आलिया भट्टकी आमाले पनि आफूमाथि दुव्र्यवहार भएको जनाउदै ‘मीटू’ अभियानमार्फत खोलेकी छन् ।

आलियाकी आमा सोनी राजदानले फिल्म सुटिङको दौरान आफूमाथि यौन दुव्र्यवहार भएको खुलासा गरेकी हुन् । तर, उनले यौन दुव्र्यवहार गर्ने आरोपीको नाम खोलेकी छैनन् ।

द क्विन्टलाई दिएको अन्तरवार्तामा उनले भनेकी छन्, ‘ममाथि बलात्कार गर्ने दुष्प्रयास गरिएको थियो ।’

आफूले काम माग्नकै लागि यौन दुव्र्यवहार नपरेको उनले बताएकी छन् । वरिष्ठ कलाकार सोनीले भनेकी छन्, ‘काम माग्नकै लागि यौन दुव्र्यवहार त भएको छैन तर, फिल्म सुटिङको बेला बलात्कार गर्ने दुष्प्रयास भएको थियो ।’

ति व्यक्ति चिनजान भएको उनले सुनाएकी छन् । उनकी पत्नी र छोराछोरीलाई आफूले चिन्ने भएकाले पनि नाम नखुलाएको उनले बताइन् । ‘ति ससाना बच्चा र परिवारलाई कस्तो असर पर्ला भन्ने सोचेर त्यतिबेला पनि खुलासा गरिन् । अहिले पनि नाम खुलाउदिन,’ उनले भनेकी छन् ।

अमेरिकी अभिनेत्री तथा सामाजिक कार्यकर्ता एलिसा मिलानोले शुरु गरेको यौन दुव्र्यवहारविरुद्धको ‘मीटू’ अभियानले भारतमा तहल्का मच्चाएको छ । केन्द्रीय मन्त्रीदेखि पत्रकार, कलाकार, लेखकले आफ्नो पदबाट राजीनामा दिनु परेको छ । यो क्रम अझै रोकिएको छैन् ।

मीटू अभियान नेपालमा पनि प्रवेश गरिसकेको छ । काठमाडौं महानगरका पूर्वमेयर एवं प्रदेश ३ का मन्त्री केशव स्थापितलाई दुई जना महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् । स्थापितको चर्को विरोध शुरु भएको छ ।

ताजा खबर