कपिल शर्मा बिहे गर्दै

२०७५ कार्तिक ६ मंगलबार १५:५१:०० मा प्रकाशित

मुम्बई । दीपिका पादुकोण, रणवीर कपुर, प्रियंका चोपडापछि कपिल शर्माको पनि यसै वर्ष बिहेको तयारी शुरु भएको छ ।

प्रेमिका गिन्नी चत्रथसँग कमेडियन कपिलको बिहे हुन लागेको हो । १२ डिसेम्बरमा जालन्धरमा बिहे गर्ने कपिलले बताएका छन् । १४ डिसेम्बरमा रिसेप्सन राखिएको छ ।

कपिलले भनेका छन, ‘गिन्नी र मैले सामान्य रुपमा बिहे गर्न खोजेका थियौं । तर, गिन्नी परिवारकी एक्ली छोरी भएकाले उनीहरुले मानेनन् । त्यसैले राम्रैसँग बिहे गर्न लागेका छौं ।’

कपिल र गिन्नी लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीसँग बिहे गर्न पाउँदा खुशी भएको कपिलले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन, ‘म भन्दा पनि मेरो आमा खुशी छन् ।’

ताजा खबर