साँस्कृतिक सम्पदा संरक्षणमा फ्रान्सले सघाउने

२०७४ श्रावण १२ बिहीबार ०५:५४:०० मा प्रकाशित

काठमाडौ १२ साउन । फ्रान्सले काठमाडौँ उपत्यकाका ऐतिहासिक एंव साँस्कृतिक महत्वको सम्पदाको संरक्षणमा दक्ष जनशक्ति उत्पादनका लागि १२ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । 

फ्रान्सको सँस्कृति मन्त्रालयले बुधबार नेपालस्थित संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, साँस्कृतिक संगठन (युनेस्को( लाई सहयोग रकम प्रदान गर्ने  घोषणा गरेको हो । पुरातत्व विभागसँग समन्वय गरी युनेस्कोले ऐतिहासिक, कलात्मक वस्तुको संरक्षणसम्बन्धी काममा उक्त रकम खर्च गर्नेछ । नेपालका लागि फ्रान्सका राजदूत इभ कर्मोना र नेपालस्थित युनेस्कोका प्रतिनिधि क्रिश्चियन मानहार्टले काठमाडौमा आयोजित एक कार्यक्रममा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।  

स्वयम्भू, पाटन दरबार क्षेत्रका ढुंगा र काठका कलात्मक ऐतिहासिक सामग्रीको संरक्षणमा फ्रान्सेली संरक्षण विषेशज्ञले नेपालीलाई तालीम दिनेछन् । रासस

ताजा खबर