रणवीरभन्दा दीपिकाको कमाइ ज्यादा

२०७५ कार्तिक ६ मंगलबार १२:१०:०० मा प्रकाशित

मुम्बई । अर्का महिना विवाह बन्धनमा बाँधिन लागेका बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहका विषयमा चर्चा हुन थालेको छ । यति बेला भने उनीहरुको कमाइका बारेमा समाचार आएका छन् ।

फोब्सका अनुसार, रणवीरको भन्दा दीपिकाको कमाइ ज्यादा रहेको छ । दुवैले सुपरहिट फिल्म पनि खेलेका छन् । तैपनि, कमाइका हिसाबले दीपिकाले रणवीरलाई उछिनेकी छन् ।

उनी सबैभन्दा बढी कमाउने कलाकारको सूचिमा छैटौं नम्बरमा छन । उनको सम्पत्ती ११ मिलियन डलर अर्थात ८० करोड भारतीय रुपैयाँ रहेको छ ।

रणवीर दीपिका भन्दा एकस्थान तल छन् । सातौ नम्बरमा रहेका रणवीरको कमाइ १० मिलियन डलर अर्थात ७४ करोड भारतीय रुपैयाँ रहेको छ ।

बिहेपछि भने दुवै सम्पत्ती एउटै हुने छ । उनीहरुको सम्पत्ती २१ मिलियन डलर अर्थात एक अर्ब ५४ करोड भारतीय रुपैयाँ हुनेछ ।

उसो त उनीहरुले फिल्म खेलेको पनि राम्रै पारिश्रमिक लिन्छन् । दीपिकाले एउटा फिल्म खेलेको ६-७ करोड लिने गर्छिन् तर, पद्मावतमा भने १२ करोड भारतीय रुपैयाँ पाएकी थिइन् । त्यसपछि उनले आफ्नो पारिश्रमिक १२ करोड नै तय गरेकी छन् ।

रणवीरले पद्मावतमा ७ करोड भारतीय रुपैयाँ पाएका थिए । उनी एउटा फिल्मको चार-पाँच करोड लिने गर्छन् ।

ताजा खबर