भारतीय प्रधानमन्त्री नेपाली गायिकाको स्वरमा मन्त्रमुग्ध बनेपछि..

२०७५ कार्तिक ६ मंगलबार ०६:५०:०० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली गायिका सरस्वती खत्रीको आवाजको प्रशंसा गरेका छन् । उनले महात्मा गान्धीको प्रिय भजन वैष्णव जन सरस्वती खत्रीले सुमधुर आवाजमा गाएको भन्दै यसले आफ्नो नेपाल भ्रमणको स्मृतिहरु ताजा भएको बताएका छन् ।

उनले ट्वीटरमार्फत लेखेका छन्, गान्धीजी को प्रिय भजन “वैष्णव जन” सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो  नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको छ ।  “पीर पराई जाने रे” भजनले भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ । मोदीले ट्वीटरमार्फत भजनको युटुव लिंक समेत सेयर गरेका छन् । गायिका खत्रीले उक्त भजन महात्मा गान्धीको १५० औ जन्मजयन्तीका अवसरमा काठमाडौको  राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा गायकी थिइन् ।

ताजा खबर