दीपिका र रणवीरको बिहे अर्को महिना

२०७५ कार्तिक ५ सोमबार ११:५९:०० मा प्रकाशित

नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले अर्को महिना बिहे गर्ने भएका छन् ।

दीपिकाले आफ्नो ‘इन्स्टाग्राम एकाउन्ट’मा बिहेको निमन्त्रणा कार्ड सार्वजनिक गरेकी छन् । उनीहरुको १४-१५ नोभेम्बरमा बिहे तय गरिएको छ ।

३२ वर्षीया दीपिका र ३३ वर्षीय रणवीर पाँच वर्षदेखि ‘रिलेसनसिप’मा थिए ।

ताजा खबर