आलिया रणवीरसँगै न्यूयोर्कमा

२०७५ कार्तिक ४ आइतबार १३:५४:०० मा प्रकाशित


न्यूयोर्क, ४ कात्तिक । बलिउड अभिनेत्री आलिया भट्ट न्यूयोर्क पुगेकी छन् । अभिनेता रणवीर कपुरसँगै रमाइरहेका तस्वीर सार्वजनिक गरेकी छन् ।

रणवीरका बुवा ऋषी कपुर केही दिनदेखि उपचारका लागि न्यूयोर्कमा छन् । उनलाई भेट्न आलिया त्यहाँ पुगेकी हुन् ।

यहिबीच आलिया र रणवीर घुमिरहेका तस्वीर सार्वजनिक भएका छन् । दुवै जना न्यूयोर्कमा रमाइरहेको भेटिएका हुन् ।

त्यस्तै, आलियाले अभिनेत्री प्रियंका चोपाडालाई भेटेकी छन् । एजेन्सी

ताजा खबर