निर्मला हत्याकाण्डमा एसपी विष्टलाई बर्खास्त गर्न सिफारिस

२०७५ कार्तिक ४ आइतबार १२:५४:०० मा प्रकाशित

काठमाडौं, ४ कात्तिक । निर्मला पन्तको बलात्कार र हत्या घटनामा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्ट बर्खास्त हुने भएका छन् ।

घटनाको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन एसपी विष्टलाई बर्खास्त गर्न  सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका छन् ।

प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीका अनुसार, एसपी बिष्टसँगै प्रहरी निरीक्षक जगदीश भट्टलाई पनि बर्खास्त गर्न सिफारिस गरिएको छ । इन्स्पेक्टर भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज थिए ।

प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता क्षेत्री गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए । रासस

ताजा खबर