सुबिसुको एचडी अर्थात् हैरानी र दिक्दारी !

२०७४ श्रावण ११ बुधबार १७:००:०० मा प्रकाशित

काठमाडौं,११ साउन । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले सेवा भन्दा बढी मानसिक तनाव दिएको भनेर ग्राहकले विरोध गरेका छन् । एचडी च्यानलको लोभ देखाएर एकवर्षको शुल्क पहिले नै लिने तर सेवा भने अत्यन्त सुस्त र कहिलेकाहीं पुरै बन्द पनि हुने गरेको सुबिसुका ग्राहकले सिकायत गरेका छन्।

इन्टरनेट सेवामा बारम्बार समस्या आइरहँदा सुबिसुका जिम्मेवार कर्मचारीले ग्राहकको सिकायत सुन्नुको साटो उल्टै आफ्नै राउटर चेक गर्नु भनेर थर्काउने गरेको अनुभव सुनाउँछन् नयाँबानेश्वरका विश्वम्भर कर्माचार्य । उनले छिमेकीको सिफारिसमा सुबिसु जडान गरेका थिए तर विगत तीन महिना यता दर्जनौ पटक समस्या आएर सिकायत गरे पनि  समस्या ज्यूँका त्यूँ रहेको उनले बताए ।

अनामनगरका दयानन्द पाण्डेले त सुबिसुको एचडी सेवाको आफ्नै पीडासँग जोडेर अर्थ लगाएका छन्। उनले भने,‘एचको अर्थ हैरानी,डीको अर्थ दिक्दारी! नेट नै चल्दैन अनि भएन त हैरानी र दिक्दारी?’

यता सुबिसुकी मिडिया संयोजक रेजिना आचार्यले ग्राहकलाई राम्रो सेवा उपलव्ध गराउनु नै आफ्नो संस्थाको मुख्य उदेश्य भएको भनेर बचाउ गरिन्। 
 उनले प्राविधिक कुरामा कहिलेकाँही समस्या आउने तर्क गर्दै तर कुनै पनि ग्राहकले खासै सिकायत नगरेको दाबी गरिन्।

उनले ग्राहकमाथि नै उल्टै आरोप लगाउँदै भनिन्,‘हामी कहाँ यस्ता ग्राहकहरु पनि छन् जो कम प्याकेजको इन्टरनेट प्रयोग गर्छन् र नेट चल्दै चलेन भनेर आरोप लगाउँछन् ।’

त्यसैगरी यसरी नेट समस्याबाट पीडित बनेका दर्जनौ ग्राहकले सुबिसुकै फेसबूक पेजमा समेत तीता कमेण्टहरु लेखेका छन्।

(हेरौं फेसबूक कमेन्ट)

 

Prabin Shrestha

 subisu internet ko taal... wakka lagdo :(

Jiban Bhai

batti jada no internet service..yo one month ma 15 din ta mahile service nai use garna pa ko chaina.. everyday same format ko ans aauha.. mero service return huncha ya hunna

Tamang Sonam

whatever u do never use subisu internet . i thought it was only in my area it sucked bt in other places too, people r being pissed off by subisu . its so great at sucking it sucks on my phone bill too as i have to complain once or twice some times more in a day

Manylas Pandey

subisu ko jati lang lang garne net aru kunai xaina hola ?

Ravi Poudyal

I hate SUBISU internet service. It seldome works ..... a solid wastage of money and time. What do you say SUBISU internet users???

Bijaya Shrestha

I subscribed SUBISU internet for 768 kbps. But, see what speed I am getting from this worst ISP

Manish Ratna Sakya

SUBISU INTERNET just for the sake someone asks me "tero ghar ma internet cha hoina? "

Ameet Pandey

Uff subisu internet , don't know who is gone a fix this problem . Always error

Shamita Chalise

Subisu internet..I really hate you

Swarnim Shrestha

# Subisu Internet Sucks.. Worst internet service in town

  

ताजा खबर