प्रियंका चोपडाको बिहे अर्को महीना
२०७५ असोज २८ आइतबार १४:४४:००
मा प्रकाशित

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले बिहेको तयारी शुरु गरेकी छन् । अर्को महीना अर्थात नोभेम्बरमा हुन लागेको जनाएको छ ।
प्रियंकाले दुई महीना अघि निक जोनससँग ‘इन्गेजमेन्ट’ गरेकी थिइन् । त्यसयता उनको बिहेको चर्चा शुरु भएको हो ।
हलिउडमा समेत काम गरिरहेकी प्रियंकाको बिहे कहाँ हुने भन्ने चर्चा पनि कम छैन् । कहिले अमेरिका त कहिले इटालीमा बिहे हुने खबर आएका थिए ।
तर, उनले भारतमै बिहे गर्ने तय गरेकी छन् । भारतको जोधपुरमा बिहे हुने जनाएको छ । जोधपुरको पनि उम्मेद भवनमा बिहे हुने तय गरिएको छ ।
भव्य समारोहकाबीच बिहे हुने बताइएको छ । उनकी बहिनी परिणीति चोपड़ाका अनुसार छिट्टै बिहेको मिती घोषणा गरिनेछ ।