अक्षय कुमारले रोके 'हाउसफुल-४' को सुटिङ

२०७५ असोज २६ शुक्रबार १५:११:०० मा प्रकाशित

मुंबई, २६ असोज । विदेशबाट फर्के लगत्तै अक्षय कुमारले 'हाउसफुल-४' को सुटिङ रोकेका छन् ।

फिल्म निर्माता साजिद कपुरलाई यौन दुव्र्यवहारको आरोप लागेपछि अक्षय कुमारले हाउसफुल ४ को सुटिङ रोकेका हुन् । उनले ट्वीट गरेर साजिद कपुरसँग काम नगर्ने घोषणा गरेका छन् ।

अक्षय कुमारले भनेका छन, ‘म हिजो रातीमा मात्रै स्वदेश फर्किएँ र समाचार पढेर चिन्तित छु । हाउसफुल ४ का निर्मातामाथि अनुसन्धान हुन्जेलसम्म सुटिङ रोक्न आग्रह गरेको छु । म कुनै पनि आरोपितसँग काम गर्न सक्दिन् ।’

उनले यौन दुव्र्यवहारका घटनामा कडा कारवाही हुनुपर्ने बताएका छन् । अक्षय कुमारले भनेका छन, ‘जसमाथि यौन दुव्र्यवहार भएको छ, उनका कुरा सुन्नु पर्छ र उनलाई न्याय दिलाउनु पर्छ ।’

फिल्मनिर्माता साजिद कपुरमाथि पनि यौन दुव्र्यवहारको आरोप लागेको छ । अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरले यौन दुव्र्यवहार गरेको सार्वजनिक गरेसँग भारतमा शुरु भएको ह्यासट्याग मी टू अभियानले मन्त्री, नेता, कलाकार र पत्रकार चपेटामा पारेको छ ।

केहीले पदबाट राजिनमा दिइसकेका छन भने केहीमाथि अनुसन्धान शुरु भएको छ । यो क्रम बढ्दै गएको छ । एजेन्सीहरु

 

ताजा खबर