सुनकोशीमा बस खस्यो, एकको मृत्यु, केही घाइते, उद्धार जारी

२०७५ असोज २६ शुक्रबार १२:०९:०० मा प्रकाशित

सिन्धुली, २६ असोज । यात्रुबाहक बस सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट सुनकोशी नदीमा खसेको छ ।

आज सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जादै गरेको ना. ६ ख ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार, सुनकोशी नदीबाट एक जनाको शव निकालिएको छ । दुर्घटनामा परेका पाँच जना घाइतेको उद्धार गरी उपचारका लागि सिन्धुली सदरमुकाम लगिएको छ । गाडी पानीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी र स्थानीय बासिन्दा उद्दारमा खटिएका छन् । बसमा कति यात्रु थिए भन्ने एकीन हुन सकेको छैन ।

 

ताजा खबर