दिलिप कुमारलाई निमोनिया, मुम्बईमा उपचार हुँदै

२०७५ असोज २५ बिहीबार ११:४७:०० मा प्रकाशित

मुम्बई, २५ असोज । बिरामी भएर अस्पताल भर्ना भएका ९५ वर्षीय भेट्रान अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, उनको स्वास्थ्यमा पहिलेको भन्दा सुधार आएको छ । दिलिप कुमारकोे स्वास्थ्यमा यहि क्रमले सुधार हुँदै गए एक÷दुई दिनमै डिस्चार्ज गरिने अस्पतालले जनाएको उनका नातेदार फैजल फारुखीले जानकारी दिएका छन् ।

उनलाई भेटेर फर्किएका सुभाष घईले दिलिप कुमारको स्वास्थ्य कमजोर भएको बताए । संचारकर्मीसँग बोल्दा बोल्दै भावुक बनेका घइले भने, ‘दिलिप साहबलाई दोस्रो पटक हेर्ने मनै लागेको छैन् । उहाँलाई यो हालतमा देख्न सक्दिन् । जब उहाँलाई देख्छु रुन मन लाग्छ ।’

उनको मुम्बईको लिलावती अस्पतालमा उपचार भइरहेको छ । निमोनिया भएपछि चार दिन अगाडी अस्पताल भर्ना भएका थिए । एजेन्सीहरु


 

 

ताजा खबर