अमिताभ बच्चन डराउँदा ऐश्वर्याको समर्थन

२०७५ असोज २४ बुधबार १२:५८:०० मा प्रकाशित

मुम्बई, २४ असोज । भारतमा हलचल मच्चाइरहेको मी टू अभियानका पक्षमा सेलिब्रेटीहरु खुलेर बोल्न थालेका छन् ।

तनुश्री दत्ताले नाना पाटेकरलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएसँगै शुरु भएको मी टू अभियानले धेरैलाई सकसमा पनि पारेको छ । केही बोल्दा पनि फरक पर्ने डरले अमिताभ बच्चनलाई पत्रकारले प्रश्न गर्दा चुपचाप लागेका थिए । पत्रकारहरुले प्रश्नमाथि प्रश्न सोधेपछि उनले भनेका थिए, ‘म न नाना पाटेकर हुँ, न त तनुश्री दत्ता । कसरी जबाफ दिऔं ?’

तर, उनकी बुहारी ऐश्वर्या राय बच्चन भने खुलेर मी टू अभियानको पक्षमा उभिएकी छ । उनले भनिन्, ‘महिलालाई समर्थनको खाँचो छ । म महिलाहरुका पक्षमा यो अभियानको समर्थन गर्छु ।’

उनले यो अभियान जबर्जस्त रुपमा अगाडी बढाउनु पर्ने समेत बताएकी छन् । ऐश्वर्याले भनेकी छन्, ‘महिलामाथि यौन दुव्र्यवहारका घटना हुँदै आएका छन् । पहिले बोल्न डराउँथे, यो अभियानले बोल्ने हिम्मत दिएको छ । खुलेर बोल्नु पर्छ ।’ एजेन्सीहरु

ताजा खबर