नेपालले चीनलाई दुई ओभरमै हरायो

२०७५ असोज २४ बुधबार ११:२७:०० मा प्रकाशित

काठमाडौं, २४ असोज । आईसीसी टी२० विश्वकप छनौट प्रतियोगिताको आजको खेलमा नेपालले चीनलाई दुई ओभरमै १० विकेटले पराजित गरेको छ ।

टस हजार ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । नेपालका तीन बलर चम्केपछि चीनका आठ ब्याट्सम्यान शून्यमा आउट भए । चीनका ओपनर आङ जिङ यानले ११, डेन्जी माले ५ र चेनजिङ फेनले १ रन बनाए । नेपाली बलरले ९ अतिरिक्त रन दिए ।

नेपालका लागि ललित नारायण राजबंशी, सन्दीप लामिछाने र बसन्त रेग्मीले तीन÷तीन विकेट लिए ।

प्रतिउत्तरमा दुई ओभरको एक बल बाँकी छदै नेपालले जित हासिल ग¥यो । नेपालका लागि ओपनर विनोद भण्डारीले आठ बलमा २४ र प्रदिपसिंह ऐरीले तीन बलमा चार रन बनाए ।

यो जितसँग नेपालको १० अंक पुगेको छ । नेपाल शिर्षस्थानमा रहेको छ । नेपालले भोली अन्तिम खेल सिंगापुरसँग खेल्ने छ ।

ताजा खबर