देवी चामुण्डे ! तिम्रो जय होस् !

२०७५ असोज २४ बुधबार ०५:४६:०० मा प्रकाशित

काठमाडौं । घटस्थापनाबाट नेपालीका घर आँगनमा दशैंले विधिवत प्रवेश गरीसकेको छ दशैको टिकाको दिनसम्म घर घरमा नवदुर्गाको पूजा आराधना हुने गरेको छ । तर, धेरैलाई नव दुर्गाको संस्कृत श्लोक सम्झना नहुन सक्छ । त्यसको अर्थ त झन् के थाहा होस् । त्यसैले नयाँ पुस्तालाई ज्ञान होस् भनेर यहाँ नवदेवीको स्तोत्र र त्यसको अर्थ प्रस्तुत गरिएको छ ः

    श्लोक यस्तो छ:

      ‘ॐ  जयन्ती मंगला काली भद्रकाली कपालिनी

      दुर्गा क्षमा शिवा धात्री स्वाहा  स्वधा नमस्तुते

      प्रथमं शैलपुत्री च द्वितीयम् ब्रह्मचारिणी। 

      तृतीयं चंद्रघण्टेति कुष्मांडेति चतुर्थकं ।।

      पंचमं स्कंदमातेति, षष्टम कात्यायनीति च।

      सप्तमं कालरात्रीति, महागौरीतिचाष्टमं।। 

      नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।’

      यसको अर्थ :

      ‘ॐ चण्डिका देवीलाई नमस्कार छ । महर्षि मार्कण्डयजी भन्नुहुन्छ–जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा, संसारमा यि नामहरुले प्रसिद्ध, हे माता जगदम्बे ! तिमीलाई मेरो नमस्कार छ । देवी चामुण्डे तिम्रो जय होस् ।

      सम्पूर्ण प्राणिहरुको दुःख र पिडा हरण गर्ने भएकी देवी ! तिम्रो जय होस् । सबैमा व्याप्त रहने भएकी देवी ! तिम्रो जय होस् ।

      कालरात्री ! तिमीलाई नमस्कार छ । मधु र कैटभ दैत्यहरुको नास गर्ने भएकी तथा ब्रह्माजीलाई वरदान दिने भएकी देवी, तिमिलाई नमस्कार छ । तपाई मलाई रुप, जय, यश दिएर मेरा शत्रुहरुको विनाश गर्नुहोस् ।

      महिषासुर दानवको नाश गरेर भक्तहरूलाई सूख दिने भएकी हे देवी ! तपाँईलाई नमस्कार छ । तपाँई मलाई रुप, जय र यश दिएर मेरा शत्रुको नास गर्नुहोस् ।

      रक्तबीजको वध र चण्डमुण्डको विनास गर्ने भएकी देवी, तपाँईलाई नमस्कार छ । मलाई रुप दिनुहोस, जय दिनुहोस्, यस दिनुहोस् र शत्रुहरूको नाश गर्नुहोस् ।

      शुम्भ र निशुम्भ तथा धुम्रलोचनको नाश गर्ने भएकी देवी ! तपाई मलाई रुप दिनुहोस्, जय दिनुहोस्, यश दिनुहोस् र मेरा शत्रुहरुको नाश गर्नुहोस् ।

      वन्दनीय चरण भएकी, सबैलाई सौभाग्य दिने भएकी देवी ! रुप दिनुहोस्, जय दिनुहोस्, यश दिनुहोस् र शत्रुको नाश गर्नुहोस् ।

      हे देवी ! तपाईंका रुप र चरित्रहरु अचिन्त्य छन् । तपाई सम्पूर्ण पापहरूको नाश गर्नु हुन्छ । मलाई रुप, जय र यश दिएर मेरा शत्रुहरूको विनाश गर्नुहोस् ।

      पापहरूको नाश गर्ने भएकी हे चण्डिके ! भक्तीले विनित भएका प्राणीहरूको लागी रुप, जय र यश दिएर शत्रुहरूको नाश गर्नुहोस् । व्याधीको नाश गर्ने भएकी हे चण्डिके ! भक्ती पूर्वक तिम्रो अर्चना गर्नेहरूलाई रूप, जय र यश दिएर शत्रुहरूको नाश गर्नुहोस् ।’

(तस्बिर: प्रशिध्द पाथीभरा देवी ताप्लेजुंग)

ताजा खबर