कपिल शर्मा शो पुनः शुरु हुँदै

२०७५ असोज २१ आइतबार १४:२९:०० मा प्रकाशित

कमेडी स्टार कपिल शर्मा पुनः टिभी स्क्रिनमा आउने भएका छन् ।

उनले द कपिल शर्मा शो लिएर एक वर्षपछि आउन लागेको ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन, ‘म छिट्टै आउदैछु, द कपिल शर्मा शो लिएर सोनी टिभीमा ।’

कपिलले ट्वीट गरेपछि सोनी टिभीले पनि सूचना जारी गर्दै द कपिल शर्मा शो पुनः संचालन हुन लागेको जनाएको छ ।

 

ताजा खबर