मर्मत गरिएको नेवानिको ट्वीन अट्टर जहाज भोली देखि संचालनमा

२०७५ असोज १८ बिहीबार १२:११:०० मा प्रकाशित

 

काठमाडौं, १८ असोज । लामो समयदेखि बिग्रिएर ग्राउन्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेवानि) को ट्वीन अट्टर जहाजको मर्मत पुरा भएको छ ।

९एन–एबियू कल साइन भएको उक्त जहाजले भोजपुर, ताल्चा जस्तो दुर्गम क्षेत्रमा उडान गर्ने गरेकोमा विमानमा समस्या आएको भन्दै नेवानिले उक्त जहाज ग्राउन्डेड गरिरहेको थियो ।

मर्मत पुरा भएकाले यस जहाजले बिहिबार देखि नै नियमित उडान गर्ने जानकारी नेवानिले दिएको छ ।

कुल ८ वटा जहाज आन्तरिक उडानको लागि भएपनि ६ वटा जहाजलाई विभिन्न बहानामा ग्राउन्डेड गरि राखेको नेवानिले नयाँ व्यवस्थापन आएसँगै सबै जहाज संचालनको प्रयास गरिरहेको छ ।

चीनबाट ल्याइएको हार्विन वाई१२ जहाजको संचालन गर्न नखोज्ने विगत्को प्रवृत्तिमा परिवर्तन गर्दै नेवानिले पछिल्लो १० दिनमा लुक्ला, सिमिकोट, डोल्पा, ताल्चा, जुम्ला, जोमसोम र दाङको सफल परिक्षण उडान गरिसकेको छ ।

त्यस्तै ५६ सिट क्षमताका २ मध्ये ग्राउन्डेड अवस्थामा रहेको अर्को चिनीयाँ एमए–६० जहाज पनि दशैं अघि नै संचालनमा ल्याउने गरी मर्मत प्रक्रियामा रहेको पनि नेवानिले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्

कहिले सुध्रिएला निगमको आन्तरिक उडान ?

 

 

 

 

ताजा खबर