कुकुरका यी गुण जसले मानिसलाई पनि सफल बनाउँछ

२०७५ असोज १३ शनिबार ०७:५७:०० मा प्रकाशित

आचार्य  चाणक्यले भनेका छन्, जीवनमा राम्रो कुरा सिक्नका लागि उमेरले छेक्दैन । कहिले काहीँ हाम्रै आसपास रहेका वस्तुहरुबाट पनि धेरै कुरा सिक्न सकिन्छ । मानिसले चाह्यो भने आसपास रहेका वनस्पती वा जनावरबाट पनि धेरै कुरा सिक्न सक्छ । त्यसमध्य एउटा जनावर हो कुकुर । कुकुरबाट मानिसले सफलता सम्बन्धी धेरै कुरा सिक्न सक्छ । 
चाणक्य भन्छन्, हामीले खाने बारेमा मात्र ध्यान दिनु हुँदैन । जति मिल्छ त्यत्तिमै चित्त बुझाउनुपर्छ । भोक लागेका बेला जे मिल्छ, त्यो प्रेम पूर्वक खानुपर्छ । कुकुरले जे मिल्छ, त्यो प्रेम पूर्वक ग्रहण गर्छ । जहिले पनि काम भरपुर र सन्तुष्ट भएर गर्नुपर्छ । तर धेरै अपेक्षा राख्नु हुँदैन, यसले सफताको बाटोमा अघी बढाउँछ । 
आचार्य चाणक्यले श्लोकमा भनेका छन्, कहिले पनि गहिरो नीदमा सुत्नु हुँदैन । जहिले पनि कुकुरको जस्तो निद्रा बनाउँनु पर्छ । यसले व्यक्तिलाई जहिले पनि सुरक्षित राख्छ । जसले गर्दा दुश्मन पनि सजक हुने गर्छन् ।  आवश्यक पर्दा तत्कालै उठेर काम गर्न तयार हुनुपर्छ । 
चाणक्यका अनुसार कुकुर आफ्नो मालिकप्रति निकै बफादार र निष्ठावान हुन्छ । त्यस्तै मानिस पनि भगवानप्रति निष्ठावान हुनुपर्छ । आफ्नो लक्ष्यलाई लिएर इमान्दार हुनुपर्छ । जागिर गर्ने व्यक्ति आफ्नो कामप्रति निष्ठावान हुनुपर्छ । किनभने काम पनि उसको मालिक हो, यसैले उसलाई सफल बनाउन सक्छ । 
चाणक्यले श्लोकमा भनेका छन्, कुकुर एक बहादुर जनावर हो । उसले आफ्नो मालिकका लागि जस्तो सुकै खरता उठाउन पनि तयार हुन्छ । कुकुर जस्तै मानिस पनि सधै निडर हुनुपर्छ । काममा सफलता पाउनका लागि जोखिम मोल्नबाट डराउनु हुँदैन् । चाणक्य नीतिबाट ।

ताजा खबर