ग्लोबल कन्सल्टको चौथो शाखा होबार्टमा

२०७५ असोज १० बुधबार १४:२१:०० मा प्रकाशित

अष्ट्रेलिया  । ग्लोबल कन्सल्टले अष्ट्रेलियाको ताजमानियाको होबार्टमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।   होबार्टका पूर्व मेयर डेमन थोमसले नेपालीहरुलाई आफ्नो नगरमा स्वागत गर्न पाउँदा खुशी लागेको सुनाएका थिए । 

ग्लोबल कन्सल्टका चेयरम्यान योगेन्द्र पौडेल र म्यानेजिङ डाइरेक्टर दिपक क्षेत्रीले नेपाली समुदायलाई सेवा दिने उदेश्यले होबार्टमा शाखा संचालन गरिएको बताए ।

होबार्ट शाखामा सूर्य देवकोटा र अनिशा श्रेष्ठको टिमले कोअर्डिनेशन गर्ने ग्लोबल कन्सल्टले जनाएको छ । ग्लोबल कन्सल्टका अनुसार, एजुकेशन र माइग्रेसनको क्षेत्रमा परामर्श सेवा उपलव्ध हुने तथा माइग्रेसन एजेन्ट सिम्रिता रन्जितकारबाट स्टेट नोमिनेशनको सेवा उपलव्ध हुने छ । 

होबार्ट सहित ग्लोबल कन्सल्टले सिड्नी, काठमाण्डौं र पोखरामा आफ्नो शाखा विस्तार गरिसकेको थाहा भएको छ ।
  
 

ताजा खबर