आमिर खानले भने ‘मैले अझै विश्वास गर्न सकिरहेको छैन’

२०७५ असोज १० बुधबार १२:१५:०० मा प्रकाशित

बलिउडमा ठुला तथा नाम चलेका स्टारहरुबिच विभिन्न समयमा टकराव आउनु सामान्य भइ सक्यो । तर कहिले काहिं यिनै स्टारहरु एक अर्काको सकारात्मक बखान गरेर थाक्दैनन् ।

यस्तै घटना पछिल्लो समय बलिउडमा भएको छ । हालसम्म एउटै फिल्ममा सँगै काम नगरेका दुई बलिउड सुपरस्टार आमिर खान र अमिताभ बच्चन एउटै फिल्ममा आउँदैछन् । ठग्स अफ हिन्दोस्तान नामक उक्त फिल्ममा सँगै काम गर्न पाएकोमा आफुलाई खुशी लागेको आमिर खानले बताएका छन् ।

आमिरले मंगलबार एक ट्वीट सार्वजनिक गर्दे भनेका छन्, ‘अमिताभ बच्चनसँग एउटै पोष्टरमा देखिने मेरो सपना पुरा भएको छ । मैले अझै विश्वास गर्न सकिरहेको छैन ।’ उनले उक्त फिल्मको पोष्टर पनि साझा गरेका छन् ।

यश राज फिल्मसले बनाएको यस फिल्म आमिर र अमिताभ बाहेक कटरिना कैफ र फतिमा साना शेख पनि छिन् । आगामी नोभेम्बर ८ मा रिलिज हुने यो फिल्म १८३९ को पुस्तक कन्फेसन अफ अ ठग्समा आधारित रहेको बताइएको छ । एजेन्सीको सहयोगमा

 

ताजा खबर