राजा महेन्द्रले ह्वीस्कीको ग्लास फुटाउँदै गिरिजालाई धम्क्याउँदा

२०७५ असोज ८ सोमबार ११:०७:०० मा प्रकाशित

भाषा अंग्रेजी ! तर भाष्य के हो कमरेड ओली ?
 प्रधानमन्त्री कमरेड केपी ओली अमेरिका आईपुगे। उनले संयुक्त राष्ट्र संघको बार्षिक ज्याम्बोरीमा अंग्रेजी बोल्नेछन्। नेपालमा आयोजित चौथो बिम्स्टेकको शीर्ष सम्मेलनमा ओलीको अंग्रेजीको चर्चा भयो। उनले परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले लेखिदिएको भाषणको खेस्रा नहेरी आफ्नै शैलीमा धारा प्रवाह बोले, त्यो पनि अंग्रेजीमा। 

यसको पनि ब्यापक चर्चा भयो। एकथरी ओलीका समर्थकले दावी गरे, उनले अंग्रेजीमा भाषण गर्नु जायज थियो। समर्थकहरुको दावी थियो, कुनै नेपाली प्रधानमन्त्रीले यति राम्रो अंग्रेजी बोलेको ईतिहास थिएन। ओलीले ईतिहास बनाए। बिरोधीहरु आलोचना गर्ने बहाना खोज्छन। उनीहरुले भने, बिदेशी अतिथिहरु समेत आफ्नो भाषामा बोल्दैथिए। आयोजक राष्ट्रका सरकार प्रमुखले बिदेशी भाषा बोल्नेरु
यो राजनीति हो। यहाँ हरेक हत्कण्डा जायज छ।  पहाडबाट लिम्बुले खेदेर मधेश झरेको एउटा बच्चो आज राष्ट्रिय राजनीतिको उत्कर्षमा छ। उ संयुक्त राष्ट्र संघको महासभामा अंग्रेजी बोलेर नेपालको प्रतिनिधित्व गर्दैछ। 

बीपीलाई चिन्छौ ? 

कुनैबेला बीपी कोईरालाले पनि संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए।  त्यतिबेला पुँजीवादी र साम्यवादी शीतयुध्द चरममा थियो। भारत भन्दा एक कदम अगाडि बढेर बीपीले इजरायलको अस्तित्व स्वीकार मात्र गरेका थिएनन्, त्यो यहूदी मुलुकसँग दौत्य सम्बन्ध समेत कायम गरिदिएका थिए। भारतीय स्वतन्त्रता संग्राममा सकृय बीपीलाई त्यतिबेला नै घाँटीको क्यान्सरले च्यापेको थियो। 

तैपनि, एउटा गरीब तर नयाँ प्रजातान्त्रिक मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा बीपीले विश्व मन्चमा घोक्रो सुकाएर बोले-'जबसम्म तिमी धनी मुलुकहरु विश्वका गरीबहरुमाथि स्नेह भाव देखाएर सहयोग गर्दैनौ, तिम्रो मुलुकमा कहिल्यै शान्ति हुनेछैन।'   

तत्कालीन सोभियत संघका स्टालीन पछिका नेता नीकिता ख्रुश्चेब त्यैबेला संयुक्त राष्ट्र संघको महासभामा अम्रिका बिरुध्द बीष वमन गरेर नपुगेर आफ्नो जुत्ता खोलेर टेबल ठटाऊँदै थिए। 

पछि उनले सोधेछन- 'त्यो अघि बोल्ने मान्छे को होरु कहाँको होरु त्यसले गजब बोल्यो।' त्यतिबेला वर्ल्ड वाईड वेब अर्थात ईन्टरनेट थिएन। ख्रुश्चेवलाई सहयोगीहरुले ग्लोब ल्याएर नेपाल भारत र चीन बीचको एक महत्वपूर्ण बिन्दूमा रहेको र चीन बीचको एक महत्वपूर्ण बिन्दूमा रहेको रणनीतिक रुपले 'स्वादिलो' मुलुक रहेको कुरा भने।

गिरिजालाई गाली नगरौं 

फोकटमा पाएको स्वतन्त्रताले मान्छेलाई स्वच्छन्द बनाउँछ। गिरिजाप्रसाद कोईरालाको जुन तौल थियो, त्यो ओली र प्रचण्डले कहिल्यै हासिल गर्न सक्दैनन्। गिरिजा पटक पटक राजा महेन्द्रसँग वार्ता गर्न गए। त्यतिबेला बीपी सुन्दरीजल जेलमा थिए।  महेन्द्रले गिरिजालाई आफ्नो व्हिस्कीको ग्लास फ़ुटाएर भनेका थिए- 'तेरो दाईलाई आठबर्ष होईन, अस्सी बर्ष थुनिदिन्छु।' गिरिजा गलेनन्। त्यतिबेला भारतले पनि दवाव दिएको थियो। ईन्दिरा गान्धीका गुप्तचर नेपाली सेनामा समेत थिए। त्यतिबेलाका कांग्रेसीहरु अहिलेका कम्युनिष्ट जसरी झुकेका थिएनन्। 
अब हेर्नुछ , ओलीले के भन्छन्, अनि अरिङ्गालहरुले यसको कसरी व्याख्या गर्नेछन  !!!  
(https://psjtv.com का सम्पादक मिश्रको यो टिप्पणी साभार)

ताजा खबर