कुकुर किन मुस्कुराउँछन् ? 

२०७५ असोज ७ आइतबार ०८:४९:०० मा प्रकाशित

प्राणी वैज्ञानिकको अध्ययनले मानिसको सबैभन्दा नजिक मानिने जनावर कुकुर पनि मुस्कुराउने तथ्य पत्ता लगाएको छ । 
तर कुुकुर मुस्कुराउनुको कारण मानिसको मुस्कुराउनु भने होइन् । प्राणी विज्ञ जोन ब्रेड्शा भन्छन, कुकुर आफ्नो मालिकबाट माया पाउनका लागि मुस्कुराउँछन् । तर ब्रेड्शा कुकुर मुस्कुराउनुका कारण कुकुर खुसी नै हुन्छ भन्ने नहुने बताउँछन्, मालिकबाट माया वाँ कुनैबेला ढाडस र हिम्मत प्राप्त गर्नका लागि पनि मुस्कुराउनछन् । 
कहिलेकाही कुकुरले कुनै गल्ती गर्यो भने मालिकको अगाडी गल्ती महसुस गरेजस्तो व्यवहार पनि देखाउँछ तर यो सत्य नभएको वैज्ञानिकहरुको तर्क छ । कुकुरले गल्ती गरेपनि पश्चाताप गर्दैन् । कुकुरले आफ्नो अगाडी उभिएको मानिसको बडी ल्याङग्वेज अनुसार प्रतिक्रिया जनाउँछ । अपराधबोध कुकुरले बुझ्न नसक्ने वैज्ञानिकहरुको तर्क छ । बीबीसीबाट अनुदीत ।

ताजा खबर