कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

२०७५ भदौ ३१ आइतबार १५:००:०० मा प्रकाशित

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक भएको छ। सभापति शेरबहादुर देउवा सहित कांग्रेसका नेताहरुले शनिबार विमोचन गरेको दुई पुस्तक वाग्लेका पछिल्ला रचना हुन्। उनका यसअघि पनि पुस्तक बजारमा आएका छन्। 

  प्रमुख अतिथिको आसननाट वोल्दै  सभापति देउवाले आफ्ना पुराना साथी चिरन्जीवी वाग्ले आफ्नो राजनीति सहकर्मी भएको चर्चा गरे। उनले युवा अवस्था देखि सँगसँगै देशको प्रजातान्त्रिक आन्दोलनमा काम गरेको साथीको साहित्यिक कृतिको विमोचन गर्न पाउँदा आफू निकै खुशी भएको   सुनाए । देउवाले वाग्लेलाई अब नेपाली काँग्रेसको इतिहास लेख्न पनि हौस्याएका थिए। 

विमोचन समारोहमा काँग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला,  पूर्वमहामन्त्री प्रकाशमान सिंह साथै नेताहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह के सी, डा रामशरण महत, डा नारायण खड्का, तारानाथ रानाभाट पनि सहभागी थिए। 


 

ताजा खबर