अनुमति नै नलिर्इ सगरमाथा आरोहणमा गएका अफ्रिकी नागरिक पक्राउ

२०७४ जेठ १४ आइतबार ०८:३४:०० मा प्रकाशित

काठमाण्डाै, १४ जेठ । अनुमति नै नलिई सगरमाथा आरोहणमा जाने दक्षिण अफ्रिकी नागरिक रायन सिन डेभीलाई सरकारले १० वर्षसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

डेभी साताअघि अनुमति नै नलिई सगरामाथा आरोहणमा जाँदै गर्दा आधारशिविरमा पक्राउ परेका थिए ।

‘पर्यटन एेन २०३५ बमोजिम डेभीलाई १० वर्षसम्मका लािग नेपालका कुनै पनि हिमाल आरोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय भएको छ’, पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने ।

ताजा खबर