बिष्णुमति सफाईपछि ओली लागे मानसरोवर

२०७४ श्रावण ७ शनिबार २१:१३:०० मा प्रकाशित

काठमाडौँ, ७ साउन । शनिबार बिहानभरी बिष्णुमति सफाईमा सरिक भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दिउँसो तिब्बत उडेका छन्। उनी तीर्थयात्राका लागि तिब्बत गएका हुन्।

ओली प्रशिध्द तिर्थस्थल कैलास मानसरोबरको दर्शन गर्न गएपनि जाँदा फर्किँदा तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययन पनि गर्ने भएका छन्।

उनले साताव्यापी भ्रमणभरमा त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्ने बताईएको छ। ओली नफर्किउँन्जेल  उपाध्यक्ष बामदेव गौतमले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। 

ताजा खबर