नेपाल एयरलायन्सको जहाज चरासँग ठोक्किएपछि..

२०७५ भदौ २२ शुक्रबार १३:३८:०० मा प्रकाशित


काठमाडौं, २२ भदौ । मलेसियाको राजधानी क्वाला लुम्पुरबाट काठमाडौं उड्ने बुधबारको फ्लाइट रद्द गरि बिहिबार उडान भरेको नेपाल एयरलायन्सको एयरबस ए३२० एकेडब्लु जहाजमा चरा ठोक्किएपछि जहाजको पखेटाको फ्लाप बिग्रिएको छ ।  

क्वाला लुम्पुरबाट ४ घण्टा १६ मिनेटको यात्रा गरी काठमाडौंमा दिउँसो २ः४५ मा ल्याण्ड हुने बेला चरासँग ठोक्किएपछि यात्रुहरु आत्तिएका थिए । उक्त जहाज अहिले ग्राउन्डेड छ ।  

सो जहाजको समस्या एयरबस कम्पनीलाई जानकारी दिइ मर्मत प्रक्रियामा जानुपर्ने भएकाले उक्त जहाज केहि दिनको लागि ग्राउन्डेड हुने बताइएको छ ।

ग्राउन्डेड भएको जहाज बाहेक दुईवटा वाइडवडी जहाज, एउटा न्यारो बडि र एउटा बोइङ संचालनमा रहेकोले यस क्षेत्रको फ्लाइटमा समस्या नपर्नुपर्ने भएपनि ‘प्राविधिक कारण’ भन्दै फ्लाइट रद्द गर्न माहिर राष्ट्रिय ध्वजाबाहकले केहि दिन मलेसियाको उडान प्रभावित गर्ने सम्भावना रहेको छ ।

त्यस्तै आगामी बुधबार भारतको मुम्बईको फ्लाइट पनि यस्तै ‘प्राविधिक कारण’ ले रद्द गरेको छ ।

 

ताजा खबर