द भ्वाइस अफ नेपाल र हाम्रो पात्रोबीच सहकार्य

२०७५ भदौ २१ बिहीबार १४:१४:०० मा प्रकाशित

काठमाडौं । विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण (फ्रेञ्चाइज) द भ्वाइस अफ नेपाल र नेपालको सबैभन्दा बढी डाउनलोड भएको जीवनशैली एप हाम्रो पात्रोबीच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता भएको छ । यो सम्झौतासँगै हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको आधिकारिक डिजिटल मेडिया पार्टनरको रुपमा अगाडि आएको छ ।

यो सम्झौतासँगै अबका दिनमा हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनका हरेक एक्लुसिभ सामाग्री, अडियो सामग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने  एएनसी ईभेन्ट मेनेजमेन्टका प्रल्हाद सिंह महतले बताएका छन् ।

 सम्झौतालगत्तै हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले भने, ‘निरन्तर विश्वस्तरका मिडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो सांगितिक यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने र अस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ।’

ताजा खबर