विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीबाट राती पनि जहाज उड्ने

२०७५ भदौ १९ मंगलबार २०:५१:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान गरिने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारीले विमानस्थलबाट साँभm ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको बताए। 

नेपाल पर्वतारोहण सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा अधिकारीले, “अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ, हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन शुरु गरिएको छ, अब छिट्टै नै साँझ ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उडान शुरु हुन्छ ।” 

क्षेत्रीय हबका रुपमा रहेका विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान गरिनेछ । झापाको चन्द्रगढी, जनकपुरलगायत विमानस्थललाई पनि रात्रि उडानका लागि प्राविधिक तयारी भइरहेको छ । ट्रङ्क रुटका विमानस्थलमा पनि अहिले उडानको चाप बढेको छ । 

यसअघि आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ः०० बजेसम्मको उडान तालिका थियो । अन्तर्राष्ट्रियतर्फ मात्र रात्री उडान हुँदै आएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले रात्रि उडानका लागि तयारी गरिएको र यही भदौ १६ गते नै विभिन्न एयरलाइन्सको २५ वटा उडान तालिका स्वीकत भएको जानकारी दिए। उनका अनुसार बुद्ध एयरको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सातवटा उडान तालिका स्वीकृत भएको छ । 

सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल व्यवस्थापनका लागि यही भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल बिहान ५ बजे खुल्ला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ । 

मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिपछि चौबिसै घण्टा विमानस्थल सञ्चालन गरिने बताए। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई साकार तुल्याउन मुख्य पर्यटकीय पूर्वाधारका रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिएको छ । 

मन्त्री अधिकारीका अनुसार पूर्वाधार विकासलाई तीव्रता दिइएको र सन् २०२० भित्र अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने र सन् २०१९ अघि नै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ ।रासस 

 

ताजा खबर