प्रधानमन्त्रीले धन्यवाद दिनुपर्ने आठ मुद्दा 

२०७५ भदौ १९ मंगलबार १३:४३:०० मा प्रकाशित

सत्तापक्ष विपक्षीप्रति सहिष्णु भएन। यो स्वाभाविक पनि होला। आफैं बढी लोकप्रिय हुने लोभ सत्ताको हुन्छ नै। तर यहाँ विपक्षीले गुन लगाइदिएको छ। सरकारको नीति र कार्यक्रममा समर्थन, सत्याग्रही गोविन्द केसीको माग पुरा गराउन दवाव र अहिले किशोरी निर्मला पन्तको वलात्कारपछि हत्या घटनामा छिटोभन्दा छिटो छानविन गर्न दिएको दवाव यसका उदाहरण हुनुपर्छ। यी केही यस्ता कुरा हुन् सत्ताले विपक्षलाई धन्यवाद दिनै पर्ने प्रकारका। 

 एक 

‘ओलीले विगतको सरकारले विरासतमा छाडेका समस्याका कारण सरकारले ६ महिनामा काम गर्न नसकेको टिप्पणी समेत गरे। कहिले संसद अवरोध त कहिले के भनेर र के गरेर सरकारलाई घेर्नै खोजिएकोछ। सांसदले  सरकारको ‘डेलिभरी’ को विषय उठाइएकोमा उनले कर्मचारीहरूको पुनर्संरचना लगायतका काममा लागेको बताए। कानुन नभएको तथा प्रतिपक्षीले संसद अवरोध गरेका कारण कतिपय काम गर्न नसकिएको उनको भनाइ थियो।’

सम्माननीय प्रधानमन्त्रीज्यूले भदौ १२ को संसद बैठकमा दिनुभएको जवाफ भन्दै विभिन्न माध्यममा प्रकाशित भएका समाचार मध्येको यो एउटा अंश हो। यसमा प्रधानमन्त्री आफंैले भन्नु भएको छ– छ महिनासम्म काम गर्न सकिएन। सबैतिर यस्तै प्रतिकृया छन्– सरकारको जस्तो हैसियत छ, कतै लेसपनि विघ्नवाधा नभएको, यस्तो सरकारले काम गर्न सकेन। तर काम गर्न नपाएको दोष चाहिँ प्रतिपक्षलाई लगाइयो। विगतमा पनि यस्तै हुनेगरेको थियो। सरकारप्रति सर्वसाधारणले अपेक्षा गरे अनुसारको काम नगरेको भन्ने आरोप लगाए भने विपक्षले कामै गर्न दिएन भनी पन्छिने गरिएको थियो। प्रधानमन्त्रीको यो भनाइले त्यसैको पुनरावृत्ति  गरेको त होइन भन्ने प्रश्न उठ्छ नै।

दुइ

यता प्रतिपक्ष भने सरकारको पर्याप्त खवरदारी गर्न नसकेको आरोप खेपी रहेको छ। विभिन्न माध्यममा यस्तै प्रतिकृयाहरु आइरहेका छन् प्रतिपक्षमाथि। सरकारले ल्याएको नीति र कार्यक्रममा प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएकै हो। यसले न कुनै संशोधन प्रस्ताव लग्यो र मतदान हुँदा विपक्षमा नै मत हाल्यो। यो धेरै ठूलो आलोचना खेप्नु परेको विषय थियो उसका लागि। प्रतिपक्षले सरकारका नीति र कार्यकं्रममा समर्थन गरेको यो एउटा उदाहरणीय थियो सरकारका लागि। यसका लागि सरकारले प्रतिपक्षलाई धन्यवाद दिनुपर्ने हो। कांग्रेसका लागि यो कम्तीमा अर्को नीति र कार्यक्रम नआउन्जेल विभिन्न पक्षबाट आरोप लागिनै रहने विषयमा पर्छ। उता यस्तो छ भने यता प्रधानमनत्री भन्नुहुन्छ विपक्षले काम  गर्न दिएन। यस्तो बेला कुन कुरालाई पत्याउने हो भन्ने प्रश्न उठ्छ नै र त्यो निरुत्तरित नै रहन गएको छ यो बेलासम्म। यसका अरुपक्ष जे हुन कम्तीमा सरकारलाई प्रतिपक्षले काम गर्न दिएन भन्ने कुराको चाहिँ यसले खण्डन गर्छ नै। जव नीति र कार्यक्रमकै समर्थन हुन्छ भने विरोध गर्ने अरु विषय के बाँकी रहला?

तीन

कांग्रेसले स्थलगत रुपमा सरकारको विरोध गरेको भनेको यो बीचमा एक पटक एक दिन देशव्यापी प्रदर्शन ग¥यो। तर यी शान्तिपूर्ण र सरकारले तोकेकै ठाउँमा भएका थिए। एकपटक सडकमा भएको सामान्य प्रदर्शनी नै सरकारको छ महिनाको समयमा काम गर्न अवरोध गरेको मान्ने हो भने यसको अर्को कुनै उपचार हुँदैन। हो, संसदमा पहिले आएको अध्यादेश भन्दा विलकूलै भिन्न हुने गरी सरकारले चिकित्सिा शिक्षा विधेयक प्रस्तुत गर्न लागेकोमा विपक्षीले संसद अवरोध गरेकै हो। तर यसको परिणामले सरकारलाई बढी वदनामी हुनबाट जोगायो।

चार

सरकारको यो प्रस्ताव आफैं गलत थियो भन्ने त सरकार आफैँले नै बताइसकेको छ सत्याग्रही डा. गोविन्द केसीको माँग अक्षरशः सम्वोधन गरेर। सरकारको यही प्रस्तावले हो उनलाई अनसन बस्न वाध्य पारेको पनि। यस्तो अनसन २७ दिनसम्म चलेको थियो। यो दिनसम्म आइपुग्दा केसीका पक्षमा देशैभरी हुने गरी नागरिक समाज प्रकट भयो। त्यसमा एउटा कांग्रेस पनि थियो। सरकारको प्रस्ताव पछि प्रधानमन्त्रीकै अग्रसरतामा फिर्ता हुने भयो। यस्तो अग्रसरताले एउटा ठूलो आँधीवेरी आउनबाट रोकेकामा प्रधानमन्त्रीलाई धन्यवाद दिनेकाम सर्वप्रथम नेपाली कांग्रेसले नै गरेको थियोे। सरकार आफैँले आफ्नो काम गलत थियो भनी स्वीकारेको अवस्थामा प्रतिपक्षीले पनि त्यसलाई गलत भन्नु सरकारको काममा अवरोध पु¥याएको भन्न मिल्दैन। एकपल्ट कल्पना गरौं– केसीको मागमा कांग्रेसले यस्तो अडान नलिएको भए स्थिति के हुने थियो? सरकारले त यतिलामो समयसमम योमुद्धालाइ लम्व्याएकै हो। पछि वाध्य भएर फर्कन प¥यो र धेरै वदनामी हुनबाट जोगियो। 

पाँच 

यसैहप्ता प्रधानमन्त्रीज्यूले बालुवाटारमा पत्रकारहरुसँग अन्तरकृया गर्नु भयो। यो एउटा राम्रो पक्ष हो। पत्रकारले धेरैकुरा देखेका र भोगेका हुन्छन्। उनीहरुसँग अनुभव साट्नु र जानकारी आदान–प्रदान गर्नुले वातावरणलाई सकारात्मक दिशातर्फ लैजान्छ नै। त्यसमा सहभागी पत्रकारले नै आफ्ना माध्यममा विवरण दिए अनुसार समाजमा निराशा बढाउने कामले खतरनाक अवस्था आउन सक्तछ। यो सत्य नै हो तर फेरी कुरा आउँछ यस्तो निराशा कसैले भनिदिएको कारण आउँछ कि राज्यबाट अपेक्षा गरिएको काम नहुँदा त्यस्तो हुन्छ? यसको सही उत्तर होला–दोस्रो पक्ष बढी यसको कारक हुनुपर्छ।

एउटा समाचार– ‘निर्मलालाई सम्झिएर झस्किइरहन्छन् सहपाठी, कञ्चनपुरको सरस्वती माविको कक्षा ९ मा अध्ययनरत जानकी भट्ट स्कुलमै बेलाबेलामा झस्किन्छिन्। झस्किने मात्र होइन, हिजोआज उनलाई पढाइमा पनि मन गएको छैन। कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै निर्मला बस्ने ठाउँमा उनको दृष्टि परिहाल्छ। किनभने निर्मला र जानकी एउटै बेन्चमा बस्थे। ‘३७ दिन भयो, निर्मलाको सम्झनाले सताइरहन्छ। पढ्न मनै लाग्दैन’, जानकीले मलिन अनुहार लगाउँदै भनिन् ‘निर्मला नहुँदा कक्षा अँधेरो लाग्छ।’ कक्षा २ देखि सँगै पढेकी जानकीलाई मिल्ने साथी निर्मलाको यादले राति निद्रासमेत पर्न छाडेको छ। ‘मेरो साथीको बलात्कारपछि हत्या भएको महिना दिनभन्दा बढी भइसक्यो’, उनले भनिन्‘अहिलेसम्म हत्यारालाई पक्राउ गरिएको छैन, हत्यारालाई छिटो पक्राउ गरी हाम्रो साथीले न्याय पाउनुपर्छ।’ कक्षा १ देखि सँगै पढ्न थालेकी पूजा चन्द पनि निर्मलाको बलात्कारपछि हत्या भएको घटनाबाट त्रस्त छिन्। कक्षामा बसेर पढ्दा उनको मस्तिष्कमा बेलाबेला निर्मलाको अनुहार झल्किइरहन्छ। ‘निर्मलासँगै छु कि भन्ने आभास हुने गर्छ। तर एकैछिनमा निराश हुन्छु’, उनले भनिन् ‘मिलनसार र पढाइमा समेत अब्बल साथी गुमाउँदा नरमाइलो लागिरहन्छ।’ निर्मलासँग सानैदेखि सँगै पढेकी साथी गीता जोशी पनि हुन्।

‘हत्यारा अहिलेसम्म पक्राउ नपर्दा कतै न्याय नपाइने हो कि भन्ने चिन्ता लागेको छ’, उनले भनिन्। अहिलेसम्म निर्मलाका वास्तविक हत्यारा फेला परेका छैनन्। उनलाई पनि निर्मलाले न्याय नपाउने हुन् कि भन्ने चिन्ता लागिरहेको छ। घटनापछि बालबालिकामा मनोवैज्ञानिक असर परेको विद्यालयले जनाएको छ। ‘कतिपय बालबालिका स्कुल आउनै मानिरहेका छैनन, आउने पनि त्रस्त देखिन्छन’,विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले भने, ‘निर्मलाका हत्यारा पक्राउ नपर्दा झनै बालबालिका मानसिक रूपमा तनावमा परेका हुन्।’ निर्मलाका हत्यारालाई छिटो पक्राउ गरेर कडाभन्दा कडा सजाय हुनुपर्नेमा उनको पनि जोड छ। निर्मलाको शव भेटिएको निम्बुखेडा खोलानजिकैको उखुबारी क्षेत्र भएर विद्यालय आउजाउ गर्ने बालबालिका स्कुल आउन डराउने गरेको पाण्डेयले बताए। कक्षा ११ मा नयाँ भर्ना हुन आउने विद्यार्थी पनि घटनापछि घटेको उनको भनाइ छ।’ (अन्नपूर्ण पोष्ट भदौ १६)

सात 

निराशपन कति गहिरो तहमा पुगिरहेको छ भन्ने यो एउटा उदाहरण हुनुपर्छ। यो कञ्चनपुरको मात्र कुरा होइन। जहाँजहाँ यस्ता घटना भए ती सबै ठाउँको प्रतिनिधित्व हो यो। यो एउटा  घटना र अहिलेसम्मको अवस्थाबारे प्रधानमन्त्री–‘कञ्चनपुर केसमा म पनि भर परें। तपार्इंहरु पनि त भर पर्नु भो नि। त्यो घटना भएपछि पहिले त पुलिसमाथि भर पर्नुप¥यो, छानविन गर्छ कि भनेर। सबै ठाउँमा हामी पुलिसमाथि नै भर पर्छौं नि। हाम्रो राज्य संयन्त्र छ, त्यसले राम्ररी काम गर्नुपर्छ, हाम्रो अपेक्षा त्यही हो। हाम्रो त्यही विश्वास हो। त्यहाँ (कञ्चनपुरमा) अप्रिय घटना भयो। दुःखद घटना भयो। निन्दनीय घटना भयो। त्यसपछि भर केमा परियो भन्दा पुलिसको। के भएको हो, राम्ररी गर्नू भनियो। काम हुँदैछ, हामी गर्दैछौं भनेपछि होला भनियो। जनताको अलिकति आवाज सुनियो। यो त चित्तबुझ्दो रिजल्ट आइराखेको छैन भनेपछि सीआइबीको अर्को टोली पठाइयो। त्यसको निश्कर्ष नआउँदै पुलिसले एकजना गिरफ्तार ग¥यो।

त्यसलाई गिरफ्तार गरेपछि बल्ल यो छानविन ठीक भएन भन्ने आयो। नत्र हामीले कहीँ ढाकछोप त भएको छैन? भनेर हामीले सीआइबी पठाएका थियौं। त्यसलाई ढाकछोप गर्न हुनसक्छ वा त्यस्तै भएको पनि हुनसक्छ वा अरु केही निश्कर्षमा पुग्नुभन्दा अगाडि भन्न सकिन्न। तर, सीआइबीको रिपोर्ट आउनुभन्दा अगाडि प्रहरीले एउटा मान्छे गिरफ्तार गर्यो। केही कुराहरु बनावटी जस्ता देखिए। त्यहाँ जनताले आवाज उठाए। त्यहाँ जनताले आवाज उठाएको भन्दा बढी हामीले बुझ्दाखेरि अलिकति संदिग्ध गतिविधि देखियो। मृतक निर्मला पन्तका बुबालाई बोलाएर जेखालको प्रश्न र व्यवहार भयो भन्ने सुनियो, त्यसले सन्देह पैदा ग¥यो। त्यसपछि हामीले एसपी फिर्ता गर्यौं। डीएसपी फिर्ता गर्यौं। सिडियो फिर्ता र्गयौं। अर्को टीम पठायौं। सहसचिवको नेतृत्वमा तीनजना डीआइजी राखेर उच्चस्तरीय छानविन टोली पठायौं।’
 

आठ 

सरकारलाई योे घटनाप्रति चनाखो हुन यो तहमा वाध्यपार्ने काम पनि प्रतिपक्षले नै गरेको हो। यो घटनामा कांग्रेसले राजनीति प्रवेश गराएको भन्ने आरोप सत्तापक्षबाट लागिरहेका बेला सरकारले यस्तो टोली पठाउनु भनेको विपक्षीको खवरदारी ठीक ठाउँमा परेको भन्ने हो। प्रधानन्त्रीले भने जस्तै स्वाभाविक छ सरकार प्रहरीमा भर पर्नु पर्छ नै र नागरिक चाहिँ सरकारको। यो घटनामा सबैभन्दा गम्भीर बिषय के प्रकट भयो भने अपराधीलाई जोगाउने र निर्दोषलाई फसाउने काम भयोे। आम तहको बुझाइ र बोलाइ यस्तै छ। यो ठाउँमा यस्तो हुँदै छ है भनी पहिले देखि नै प्रतिपक्षले औल्याउँदै आएको थियो। प्रतिपक्षीसँग राज्य संयन्त्र हँुदैन। उसले गर्ने भनेको त खवरदारी मात्रै हो। त्यसबेला यो प्रतिपक्षको कुरा भनेर सुनिएन। पछि एकजना बालकमाथि गोली लाग्दा समेत घूसपैठ भनी आरोप लगाइयो। शव्दमा नभनिए पनि यस्तो आरोप को माथि हो भन्ने बुझ्न सकिन्छ। जुनबेला सरकारले यस्तो महशुस ग¥यो त्यो बेलासम्म ढिलो नै भैसकेको थियो। अझै यो घटनाको छानविन भैसकेको छैन, निश्कर्ष कस्तो आउला गर्भ मै  छ। त्यसको प्रतिक्षामा छन् सबै तर त्यति उग्र भैसकेको वातावरण त तत्कालका लागि नै भएपनि यो खवरदारीले नै खडा गरेको हो।
(लेखक नेपाली कांग्रेसका निवर्तमान सांसद हुन्।) 

 
 

ताजा खबर