‘मैले हप्तादिनमै यसरी मदिराबाट मुक्ति पाएँ’

२०७५ भदौ १८ सोमबार १३:३२:०० मा प्रकाशित

म पनि उसैगरी जातले पाएको भनेर १६ वर्षको उमेरदेखि नै खूबै जाँड रक्सी सेवन गर्थें । पैसा भएसम्म महँगै ब्राण्डको रक्सी र मासुका थरीथरीका परिकार सित्तन चाहिन्थ्यो । पैसा नभएको बेलामा लसुन र प्याजका पातसँग पनि जस्तो भेट्यो उस्तै मादक पदार्थ सेवन गर्थेँ । दिनमा डेढ, दुई बट्टा चुरोट चाहिन्थ्यो । पहिले म धूमपान, मद्यपान मांसमदिरा र नशा सेवनमा पूरै डुबेको थिएँ । त्यस्तै, अति नै रिसाहा स्वभावको पनि थिएँ ।

म सानैदेखि बुझ्झकी स्वभावको थिएँ । हामी मगरहरुलाई गाउँमा अरुले सोझा मगर भनेर उपमा दिन्थे । आफ्नो सोझो गरेर खाने समुदायमा हुर्केकाले ममा पनि लपनछपन थिएन । सोझै खालको थिएँ ।तर, धर्मकर्म गर्नुपर्छ भन्ने हाम्रो घर परिवारमा पत्तै थिएन । बुबाआमालाई त अध्यात्मसम्बन्धी कुनै रस थिएन भने म बबुरो बालकलाई थाहा हुने कुरै भएन । म बालकै हुँदा एकपटक घरमा सत्यनारायणको पूजा लगाएको हो कि जस्तो लाग्छ । त्यो बाहेक अरु कुनै कार्यक्रम भएकै छैन । साधारण आफ्नै रीतिरिवाजअनुसार दशैंमा पूजाआजा हुने गर्थ्यो ।त्यसैले बाल्यकालमा मैले अध्यात्मको रसास्वादन गर्ने अवसरै पाइनँ ।

यो भन्दा पनि दुर्भाग्यपूर्ण कुरा हामीजस्ता धेरै मतवालीको घरमा जाँड, रक्सी, चुरोट बिँडी, तमाखु र माछा मासु अति खाने चलन छ । जातले पाएको हातले खाएको भनेर नशा र तामसी चीजमा डुबेर अमूल्य जीवनलाई बर्बाद पार्ने गरिन्छ । म पनि उसैगरी जातले पाएको भनेर १६ वर्षको उमेरदेखि नै खूबै जाँड रक्सी सेवन गर्थें । पैसा भएसम्म महँगै ब्राण्डको रक्सी र मासुका थरीथरीका परिकार सित्तन चाहिन्थ्यो । पैसा नभएको बेलामा लसुन र प्याजका पातसँग पनि जस्तो भेट्यो उस्तै मादक पदार्थ सेवन गर्थेँ । दिनमा डेढ, दुई बट्टा चुरोट चाहिन्थ्यो । पहिले म धूमपान, मद्यपान मांसमदिरा र नशा सेवनमा पूरै डुबेको थिएँ ।त्यस्तै, अति नै रिसाहा स्वभावको पनि थिएँ ।

करिब सात वर्ष अगाडि म जन्डिस र पित्तको बिरामी भएर थलिएको थिएँ । बिरामी भएर ओछ्यान परेका बेला एक दिन रेडियो नेपालमा बिहान आराध्यदेव पशुपतिनाथको मंगलमय धुन सुन्न मन लाग्यो र रेडियो खोलें । धुन सकिए लगत्तै जीवन विकास विशेषज्ञ रमेश नेपालको प्रवचन आयो । त्यो प्रवचनले मेरो ध्यान खिच्यो र म जीवन विज्ञान खोजी गर्न थालें । जीवन विज्ञानप्रति कान ठाडा भएको पनि सात महिनापछि बल्ल त्यहाँ पुगें । शुरु(शुरुमा समय निकाल्न मलाई निकै कठिन भएको थियो । तर एकपटक गएपछि भने जहिले कार्यक्रम हुन्छ, त्यहिले समय निक्लिन थाल्यो र सबै कार्यक्रमहरुमा भाग लिएर आफूलाई चिन्ने अवसर पाएँ ।

जीवन विज्ञान जाँदा पनि शुरु(शुरुका दिनमा मुखको चारैतिर खैनी हालेर जान्थेँ । तर यहाँ आएको साता दश दिनमै अचम्मसँग नशा छुट्यो । १६ वर्षको उमेरदेखि खान थालेको मध्यपान र धूमपान तत्क्षण छुट्यो ।

जीवन अमृत ध्यानविधि गर्दागर्दै हप्ता दशदिनमै मेरो कुलत हट्यो । कारण गुरुदेवहरुलाई थाहा होला । ध्यानमा मग्न हुन थालेपछि त्यसको प्रभावले मेरो शरीरमा चमक आयो, मेरो रिसाहा अनुहार देखेर डराउनेहरु अब कति शान्त मुहार भन्न थाले । अचम्म पर्छु । अहिले रिस उठे पनि होसमा उठ्छ । पहिले मेलो न पत्तोसँग रिसाउँथे । म के गर्दै छु भनेर सजग रहनु ज्यादै ठूलो कुरा रहेछ । यसरी जीवन विज्ञानले म अर्थात् दुर्गारुपी भत्केको घरको जगैदेखि पुनर्निर्माण गरेर आकर्षक आध्यात्मिक पर्यटकीय गन्तव्य बनाइदिएको छ ।

अम्बलीहरु जीवन विज्ञान आउन्, सम्पूर्ण कुलत हट्छ । यसको उदाहरण मै हुँ । हुन त जीवन विज्ञानको उद्देश्य नशा छुटाउनु हैन । साधकहरु नशा छुटाउने उद्देश्यले मात्र जीवन विज्ञान नआउन्, लक्ष्य आध्यात्मिक हुनैपर्छ । साधनाको उपल्लो शिखर चुम्नु छ लिस्नुको पहिलो दोस्रो खुडकिलो उक्लिँदैमा मख्ख परेर फर्कनु हुँदैन ।

आँखा बन्द गर्दैमा साधना हुने हैन । आफूले संघर्ष र प्रयास पनि गर्नुपर्छ । गुरुहरुबाट अति प्रेम पाएको छु । गतवर्ष ११ दिन पानी मात्रै खाएर उपवास बसेको थिएँ । ६ महिनासम्म भातै खाइनँ र अहिले पनि बेलुका भात खान्न । साधनामा लागेपछि सकिँदो रहेछ । साधनामा पाइला अघि बढाएपछि गहिरिन उसैले थप प्रेरणा दिँदो रहेछ ।

जीवन विज्ञानमा हुने महत्वपूर्ण कार्यक्रम बोधविज्ञान र लयविज्ञानले मलाई अति प्रभावित पारेको छ । लयविज्ञानमा बस्दा औंसीको रात त के रात, त्यसभन्दा लाखौं गुणा अँध्यारो आफैंभित्र देखेँ। त्यस्तै बत्तीको प्रकाश त के प्रकाश( त्यसभन्दा लाखौं गुणा उज्यालो पनि आफैंभित्र देखेँ । त्यसपछि मेरा धेरै प्रज्ञाहरु खुले । सम्पूर्ण रुपमा ऊर्जा आएको अनुभव भयो । ज्ञान बुद्धि बढ्यो । कविताहरु लेख्न थाले । अनुभूतिबाट लेख्दा साह्रै राम्रो हुँदोरहेछ । साधनामा लागेपछि आफैंभित्र ज्ञान रहेछ भन्ने थाहा पाएँ । जीवनभर मानिसलाई भौतिक ज्ञानले परिपक्व बनाउन सक्दो रहेनछ, आध्यात्मिक ज्ञानले परिपूर्ण बनाउँदो रहेछ ।

हुन त आफू परिवर्तन भएको कुरा भन्न पनि गाह्रो हुँदो रहेछ । आफू परिवर्तित भएपछि घर परिवार समाज पनि सप्रिँदो रहेछ । शरीरमा ज्ञान बढ्दै गएपछि मेरा वरिपरिका साथीभाइहरुलाई पनि प्रभाव पारेको छ । ऊर्जाले गर्दा आफू मात्र नभई घर परिवार समाज सबै सकारात्मक भएर जाँदा रहेछन् । अध्यात्ममा लागेर जीवन बुझ्न थालेपछि जीवन प्रेमल भइरहेको छ । साह्रा वस्तु प्रेमलमय बनिरहेका छन् ।

भौतिक संसारवादीहरुले आफूलाई हेर्दै हेर्दैनन्, त्यसैले निराशावादी कुरा गर्छन् । आफूलाई हेर्न थालेपछि जीवनको महत्व चिनिँदोरहेछ । । ईश्वर, देवता त आफैभित्र छ, गुटगुटमा, जातजातमा कहाँ ईश्वर पाइन्छ र धर्मका अगुवा, जातजातिका अगुवाहरुले हामीलाई फुटाएर स्वार्थ सिद्ध गर्न खोजिरहेका छन् ।उनीहरुको पछि नलागी आफूले आफूलाई हेरौं ! आफूभित्र छ धर्म, आफूभित्र छ संस्कार, जात, धर्म ।

संसारका सबै वस्तु चलायमान हुँदा रहेछन् । शान्ति काहीँ पनि छैन । साधनामा बस्दा आफू स्थिरतामा रहेर अरु चलायमानलाई हेर्ने हो । प्राकृतिक चीजवस्तुलाई आफू स्थिर भएर साक्षी भावले हेर्दाहेर्दै शान्ति आउँदो रहेछ । सबै शान्त होउन् अनि ममा पनि शान्ति मिल्छ भन्ने हुँदो रहेनछ । प्रकृतिका साह्रा वस्तु चलायमान छन् । त्यसैले सबै रोकिएर शान्ति हुने हैन । त्यस्तो अवस्था कुनै पनि क्षण आउँदै आउँदैन । जे-जस्तो परिस्थिति छ-वरिपरिको वातावरण जस्तो छ- त्यसलाई सहर्ष स्वीकार गर्दै आफू साधनामा अघि बढ्दै जाने हो - तब शान्ति आउँछ । तब प्रज्ञा खुल्छ ।

वास्तविक धर्मलाई हामीले बुझ्नुपर्छ । धर्म(अध्यात्म नबुझ्नेले बुढेसकालमा गर्ने भनेर पन्छाउँछन् । सरासर गलत बुझेका छौं । युवा अवस्थामा नै अध्यात्ममा लागेर आफ्नो लक्ष्य खोज्नुपर्छ । वृद्ध शरीरले अध्यात्मको ऊर्जा थेग्नै सक्दैन ।

जातजाति र विभिन्न सम्प्रदाय पनि यही धर्तीमा आएपछि हामीले नै बनाएको हो । यो कोरा धारणा मात्र हो ।धारणामा अलमलिएर यो मेरो धर्म, यो तेरो धर्म, मेरो राम्रो, उसको नराम्रो भन्ने भूल भइराखेको छ । यही संकीर्णताले हामीलाई अल्मल्याइरहेको छ । यसलाई चिरेर अघि बढ्नुपर्छ सबैमा मानवता देख्नुपर्छ । म के बोल्दै छु सजगताका साथ बोलौं । वाणी र कम्पनलाई बोल्दा ख्याल गर्नुपर्छ ।

मैले जे बोलेको छु, राम्रो वाणी भोलि वेद हुन्छ । राम्रो बोलेर ज्ञान दिन्छु भने त्यो गीता हुन्छ ।होसपूर्वक बोलिएका हाम्रा पूर्खाका राम्रा वाणीहरु नै त आखिरमा वेदवेदाङ्ग भए ।

यसरी जीवन विज्ञानमा आएर पूरै रुपान्तरित भएको छु । रत्नाकर डाँकू वाल्मीकि बनेर रुपान्तरित भएझै म पनि श्रद्धेय गुरुदेवद्वयको कृपाले पूरै रुपान्तरित भएको छु । व्यसनको आहालमा डुबुल्की मारेको मान्छेलाई गुरुदेवहरुले परमात्मासँग साक्षात्कार गराइदिनुभएको छ । त्यसैले उहाँहरुलाई धन्यवाद दिने शब्द शब्दकोशमै छैन । म उहाँहरुको त्यति ऋणी छु । उहाँहरुप्रति अत्यन्तै आभारी छु । भौतिक शरीर सृष्टि गरेर दिनेवाला आमाबुबा हुनुभयो भने त्यही भौतिक शरीरलाई सूक्ष्म शरीरसँग साक्षात्कार गराइदिनेवालालाइ के भनी पुकारौं र!

यो धर्तीमा जन्मिएर बोधविज्ञान र लयविज्ञान गरेर मृत्युशय्यामा पुग्ने मानिसजस्तो भाग्यमानी अरु कोही हुनै सक्दैन । त्यसैले जीवनको महत्व उमेर छँदै बुझौं । जीवित हुँदै मोक्षको साक्षात्कार गर्न सकिन्छ । त्यसैले फुर्सद छ भने जीवन विज्ञान गएर सबै कार्यक्रम र नभए पनि कम्तीमा बोधविज्ञान र लयविज्ञान चै लिनुहोस् ।

(जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक दुर्गा मगरसँग आध्यात्मिक विषयमा  सरल पत्रिकाले गरेको कुराकानीको सार)

ताजा खबर