गाउँका युवा विदेसिएपछि पुनः निर्माणमा विदेशी कामदार

२०७४ बैशाख १३ बुधबार १४:२५:०० मा प्रकाशित

नवराज सापकोटा- काभ्रे,१३ वैशाख । भूकम्प पछि निजी आवास निर्माणमा काम गर्ने डकर्मी सिकर्मीको अभाव भएका बेला काभ्रेका विभिन्न क्षेत्रमा छिमेकी भारतबाट आएका कामदारहरु पुन निर्माणमा सक्रिय रहेका छन् । भूकम्प अघि तथा पछि ग्रामिण क्षेत्रका युवाहरु विदेशीएपछि पुननिर्माणमा युवाहरुको अभाव भएको स्थानीय बताउँछन् ।
भूकम्पका कारण काभे्रमा ८० हजार निजी घर सयौको संख्यामा विद्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक भवन क्षतिग्रस्त भएका थिए । जिल्लाका घर परिवारले निजी आवास निर्माणका लागि पहिलो किस्ताको रकम बुझे पनि कामदार अभावलाई नै मुख्य कारण देखाउँदै निजी आवास निर्माण कार्यमा ढिलाई भएको छ ।
ग्रामिण क्षेत्रका युवाहरु विदेशीने क्रम बढेकाले पनि जनशक्तिको अभाव रहेको भूकम्प पिडीतहरु बताउँछन् । पुननिर्माणका लागि जनशक्तिकोे अभाव भएपछि छिमेकी मुलुक भारतबाट कामदार ल्याएर पुन निर्माणको काम गर्नुपरेको भूकम्पपीडितहरुको गुनासो छ ।
विनासकारी भूकम्प पछि जिल्लामा जनशक्ति विदेशीने क्रम बढेसँगै छिमेकी मुलुक भारतबाट आएका कामदार तथा वृद्ध, वृद्धा र महिला पनि पुनः निर्माणको काममा लागिपरेका छन् ।
छिमेकी भारतका कामदारबाट घर बनाउँदै गरेका मण्डन देउपुर नगरपालिका १० का ७७ वर्षिय देवकृष्ण नेपालले गाउँमा दक्ष जनशक्तिको अभाव भएपछि भारतको विहारबाट आएका कामदार मार्फत घर बनाउन थालेको बताए । ‘काम गर्ने मान्छे छैन, खेताला पनि पाईदैन, कति समय छाप्रोमा विताउने ।’ घरमा बुढाबुढी मात्र छौ, घर बनाउन कामदार नपाएकाले ठेकदार मार्फत छिमेकी मुलुक भारतबाट आएका कामदारहरुलाई ठेक्कामा घर बनाउन जिम्मा दिएको बताए ।
उनले गाँउ कै साइला तामाङलाई एक लाख ५० हजारमा दुई कोठे घर बनाउन ठेक्का दिएका थिए । ‘सबै सामग्री हामीले नै किन्दिनुपर्छ, जम्मा हृारो लगाइदिएको मात्र डेढ लाख दिनुपर्छ ।’ नेपालले भने ।
एकैपटक पुननिर्माण सुरु हुन थालेपछि गाँउमा दक्ष जनशतिmको अभाव हुन थालेको छ । भूकम्प गएको दुई बर्ष बित्न लाग्दा समेत पर्याप्त मात्रमा दक्ष कामदार नहुदाँ गाम्रीण भेगका भूकम्पपीडितहरु ठेकेदार मार्फत विदेशी कामदारलाई प्रयोगगर्न बाध्य भएका हुन् ।
भारतको विहार लगायतका स्थानबाट आएका कामदारहरु पुननिर्माणमा सक्रिय छन् । चण्डेनी मण्डनमा पुननिर्माणमा सक्रिय रामरितले आफ्नो घर भारतको विहारमा रहेकोे बताए । हामी यो गाँउमा मात्र २५ जना भन्दा बढी छौं, उनले थपे ।
सुरक्षित घर निर्माणका लागि आवश्यक तालिमको खाँचो रहेका कारण उनीहरुलाई तालिम दिएको छ । पुनः निर्माणमा सक्रिय एक संस्था कारितास नेपालले ७९ जनालाई कालिगढ तालिम दिएको कारितास नेपालका इन्जिनियर सागरकुमार तिवारीले जानकारी दिए ।

भूकम्पप्रतिरोधि आवास निर्माणका लागि छिमेकी मुलुकबाट आएका कामदारलाई समेत तालिम दिएका छौ ।’ उनले भने, अझै भारतबाट आएका कामदारलाई तालिम दिन लागेका छौं ।

ताजा खबर