म्याग्दीमा ९ विद्यालय पुनःनिर्माण

२०७४ बैशाख १६ शनिबार ०९:२९:०० मा प्रकाशित

बाबियाचौर, १६ वैशाख । दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ ।

जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ ।

त्रिचालिस दुईकोठे, छ तीनकोठे, दुई आठकोठे र सात चारकोठे भवन यसै वर्षभित्र पुनःनिर्माण गरिने लक्ष्य रहेको कार्यालयका सब–इन्जिनियर रामजय यादवले बताए ।

कार्यालयले फर्निचरसहित दुईकोठे भवन निर्माणका लागि रु १३ लाख ५० हजार र तीनकोठेलाई रु १९ लाख ५० हजारका दरले अनुदान दिएको थियो ।

आगामी असारमा सम्पन्न गर्नुपर्ने भए पनि दग्नामको जनता मावि र मलम्परको विद्यालयमा भने अझै काम सुरु भएको छैन । पूर्वाधार योजना समयमा सम्पन्न नगर्ने विद्यालयको खाता रोक्का गरिने जिशिअ रामकुमार श्रेष्ठले बताए।

ताजा खबर