प्लास्टिक ग्रहतर्फ उन्मुख हुँदै पृथ्वी, १०० करोड हात्ती बराबर प्लास्टिक फोहोर

२०७४ श्रावण ६ शुक्रबार ०७:१९:०० मा प्रकाशित

एजेन्सी, अमेरिकी वैज्ञानिका अनुसार हालसम्म उत्पादन गरिएको प्लास्टिकको कुल मात्रा ८.३ अर्ब टन रहेको छ । पछिल्लो ६५ वर्षको अबधिमा तिब्र गतिमा प्लास्टिको उत्पादन भइरहेको छ । यो परिमाण एक सय करोड हात्तीको तौल बराबर भएको वैज्ञानिकहरुको भनाइ छ । 

कुल प्लास्टिक मध्ये आधा परिमाण पछिल्लो १३ वर्षमा उत्पादन गरिएको हो । तर हाल कुल परिमाणको ३० प्रतिशतमात्र प्रयोग भइरहेको छ । निकै कम प्रयोग गरेर फ्याकिने प्लास्टिक मध्ये ७० प्रतिशत भन्दा बढी फोहोरका रुपमा रहेको छ । 

वैज्ञानिकहरुका अनुसार जम्मा ९ प्रतिशत मात्र पलास्टिक पुन प्रयोग गरिन्छ । ७९ प्रतिशत प्रयोग पश्चात फोहोरमा फ्याकिन्छ भने १२ प्रतिशत प्लास्टिक प्रयोग पछि जलाइन्छ । सन २०५० सम्ममा पृथ्वीमा १२ अर्ब टन प्लास्टिक हुने अनुमान गरिएको छ । 

सन २०१४ को तथ्यांक अनुसार पुन प्रयोगको रेट युरोपमा ३० प्रतिशत, चीनमा २५ प्रतिशत र अमेरिकामा ९ प्रतिशत रहेको छ । प्लास्टिका कारण अधिकाशं जमिन भरिदै गएको र यसले वातावरणमा नराम्रोसँग असर पु¥याइरहेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।  

डा. रोल्याण्ड गेयरका अनुसार पृथ्वी प्लास्टिक ग्रह बन्नेतर्फ उन्मुख भइरहेको छ । प्लास्टिको प्रयोगलाई लिएर गम्भीर हुनुपर्ने उनको तर्क छ । क्यालिफोर्निया विश्वविद्यालयका इकोजजिस्ट सान्टा बारबरा तथा उनका साथीहरुले यस विषयमा एउटा रिपोर्ट तयार पारेका छन् । यसमा कुल प्लास्टिक, यसको प्रयोग र प्रभावका बारेमा अध्ययन गरिएको छ । 

ताजा खबर