जंगम र गीतालाई सांगीतिक सम्मान

२०७५ भदौ १३ बुधबार १४:२५:०० मा प्रकाशित

 काठमाडौं । नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिने भएको छ । विगत ५ बर्षदेखि सुगम साङ्गीतिक एवम् सांस्कृतिक र सास्त्रिय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गर्ने भएको हो । त्यसैगरी यो बर्षको विएफडियर हिल साङ्गीतिक पत्रकारिता सम्मान सञ्चारकर्मी गीता अधिकारीलाई प्रदान गरिने भएको छ ।

आयोजक समिति नेशनल क्यापीटल म्युजिक अवार्ड कार्यक्रम संयोजक कविता धितालले यो निर्णयबारे जानकारी गराएकी हुन् ।

  आगामी भदौ १७ गते नेपाल पर्यटन बोर्डको सभा कक्षमा चौथौ विएफडियर हिल नेशनल क्यापीटल म्युजिक अवार्ड प्रदान गरिने छ । समारोहमा नेपाली आधुनिक गीतसङ्गीत क्षेत्रका करिव ३५ विधाका उत्कृष्ट स्रष्टालाई अवार्ड वितरण गरिने बताइएको छ ।
 

ताजा खबर