क्या मज्जाका मान्छे ज्ञानेन्द्र शाह

२०७५ भदौ ११ सोमबार १५:२९:०० मा प्रकाशित

मलाई खासै नपढेको मान्छे भन्न चाहिं मिल्दैन, थोरै अध्ययन गरेकै छु। सबैभन्दा जानेको बिषय केहि छ त भनेर कसैले सोध्यो भने ममा खासै त्यस्तो ज्ञान भएको बिषय भने केहि छैन। तर दैनिक पत्रपत्रिका पढ्दा बहुसंख्यक मानिसहरुमा धेरैनै बिषयमा ज्ञान भएको पाउँदछु। उहाँहरुले कहाँ गएर अध्ययन गरेर त्यति धेरै ज्ञान लिनुभएको होला? राजनीति गर्ने व्यक्ति, जो ग्यारेण्टिकासाथ आफ्नो भनाई पेश गर्ने गरेका छन्। नेपालको कानून यस्तो हुनुपर्छ, नेपालको बाटो यस्तो हुनुपर्छ, मानिसहरु यस्तो हुनुपर्छ, बिकास यस्तो गर्नुपर्छ, सजाय यस्तो दिनुपर्छ, प्रदेश सरकारलाई यति अधिकार भए पुग्छ, स्थानिय निकायमा यसो गर्नुपर्छ, लोकसेवा परीक्षा यस्तो हुनुपर्छ, नतिजा यस्तो हुनुपर्छ आदि आदि। 

यी सबै जान्नका लागि कहाँ गएर कति अध्ययन गरेर आएका रहेछन् र त्यति मजाले जवाफ दिन सक्दा रहेछन् कुन्नी! 

एकताका एक हुल जमातले अव देश पूरै परिवर्तन गर्नुपर्ने भयो भनेर हिँडेछन्। उनिहरुले बिनाकारण आफूलाई बाटोमा अल्झाउन खोजेको भन्ने निहुँमा धेरैलाई सिध्याई दिएछन्। कोहिलाई शंका लागेकै भरमा पनि सिध्याई दिएछन्। पछि बुझ्दा आफूले सिध्याएका कैयौंले तिनिहरुका लागि केहि बिगार गरेका रहेनछन्। ती जमातले कहाँ गएर के अध्ययन गरेर त्यस्तो वितन्डा मच्चाउने अधिकार प्राप्त गरेका होलान? यतिबेला तिनका ती कर्महरुले कसलाई कति फाईदा भयो भनेर हिसाब गरिसाध्यै छैन अरे राम्रै नाफाहुने व्यवसाय रहेछ है त्यो राजनीति पनि।  

एकजना दाई, जो राजनीति बाहेक उनको अरु पेशानै छैन, अध्ययन पनि कहाँ गएर गरेका रहेछन् थाहा भएन तर यिनको बयान गरेर साध्यै छैन। उनले भनिरहेका थिए उनिहरुकै पहलबाट नेपालमा राजतन्त्र गएको अरे, यदि राजतन्त्रले घुँडा नटेकेको भए यहाँ जे पनि हुनसक्थ्यो अरे। धेरै नै हँसाउँछन् यिनले पनि!

मेरो बुझाईमा त राजतन्त्र ज्ञानेन्द्र शाहलाई साढेसातको दशाले छोएको भएर सत्ता त्यत्तिकै छोडेर गएका हुन् जस्तो लाग्दछ। उनले नारायणहिटी छोड्न नचाहेको भए उनलाई कसैले हटाउने सामाथ्र्य राख्दैनथ्यो जस्तो लाग्दछ। सजिलै छोडिदिएकोले यसो भयो, उसो भयो, यस्तो गरे, उस्तो गरे, हामीले यसरी थर्काईयो, उसरी थर्काईयो भन्ने जनमास बढेको मात्रै हो। नेपालको लागि राजतन्त्रको नामोनिशान नै मेटाईदिएर ती ज्ञानेन्द्र शाहले त कमाल नै गरेका छन्। यिनको ईमान्दारिता हेर्दा लाग्छ, ईमान्दारीपनलाई ईतिहासले पक्कै मूल्याङ्कन गर्नेछ। यदि अध्ययन गरेर नै ईतिहास लेख्ने हो भने चाहिं। यी शाहले पनि कहाँ अध्ययन गरेका रहेछन् यस्तो निर्णय गर्नका लागि। मान्नै पर्छ तपाईंलाई। यति सजिलै आफू सदाको लागि उठ्न नसक्ने गरेर पछारिने निर्णय गरेकोमा, सारै उत्कृष्ठ सोचाई रहेछ तपाईंको त कहाँ सिकेर आउनु भएको हो त्यसो गर्न कुन्नी! धेरै मजाको मानिस हो क्या तपाईं त।

हाम्रै देश हो यहाँको एक घटना हेरौं त। एक जना ३ तारे सापले राजा बनवास गैसकेको अवस्थामा पनि एक्लैले देश हल्लाई दिन सक्ने उदाहरण पेश गरेको घटना सबैलाई थाहा छ नि होईन र? एक शक्तिशाली पार्टीका अध्यक्ष तथा देशका प्रधानमन्त्रिलाई दरो स्वाद चखाई दिएको घटना त सबैलाई थाहै छ नि। ती महाराजा जसको छत्रछायाँ तथा अनुयायीका रुपमा त गणना गरि साध्यै नहुने कैयौं तारे साप र अन्य सापहरु थिए। यदाकदा अखवारमा पढ्न पाईन्छ, तिनलाई फेरि पहिलेकै ठाउँमा आउन मन लागेको छ अरे। यिनले पनि कहिले काहिं त हाँसीमजाक पनि गर्छन् भन्या।

यति राम्रो निर्णय गरेर सबैको हाई हाई पाउने र एक होनहार ईमान्दार राजा, जसले नयाँ ईतिहास रचिसकेको छ अव धेरै लोभ गर्नु हुँदैन क्या। मैले त धेरै मजाको मानिसको रुपमा तपाईंलाई नै लिएको छु। राजा राम पनि त एकताका बनवास गएका थिए भन्ने कुरा रामायणमा लेखिएकै छ।  
 
 

ताजा खबर