ग्लोबलको ‘एजुकेशन मन्थ’

२०७५ भदौ ८ शुक्रबार १४:५६:०० मा प्रकाशित

काठमाडौं । अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्न ख्याती कमाएको ग्लोबल कन्सल्टले यही भदौ १० गतेदेखि शैक्षिक मेलाको आयोजना  गर्ने भएको छ ।

काठमाण्डौंको मीनभवनस्थित आफ्नै कार्यालयमा गरिने उक्त मेलामा आठ बर्षदेखि अष्टे«लियामा माइग्रेसन एजेन्टको रुपमा ख्याती कमाएका दिपक  क्षेत्रीले विद्यार्थीहरुलाई परामर्श दिनेछन् ।

  अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि र नेपालका ख्यातीप्राप्त मनोविज्ञहरुले विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा, रोजगार र  भिसासँग सम्वन्धित सम्पूर्ण  विषयमा जानकारी प्रदान गरिने ग्लोबल कन्सल्टका सिइओ भोजराज न्यौपानेले जानकारी दिए । 

‘एजुकेशन मन्थ’ नाम दिइएको उक्त मेला एक महिनासम्म संचालन हुने बताईएको छ । 

ताजा खबर